सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पपुलर युनिसेक्स सैलुनको चाडपर्व अफर, सेवा र तालिममा ५० प्रतिशतसम्म छुट


  •    न्युजभित्तो/१५ भाद्र २०८१, शनिबार १३:२५ 
  • चितवन, १५ भदौ । चितवन र छिमेकी जिल्लामा शैलुन र पार्लर सम्बन्धी सेवामा परिचित पपुलर युनिसेक्स सैलुनले चाडपर्व अफर ल्याएको छ । भरतपुरको सिजि ल्याण्डमार्कमा रहेको सैलुनले यस अफर अन्तर्गत सेवा र तालिममा ५० प्रतिशतसम्म छुट दिएको हो ।

    सैलुनका सञ्चालक सुलभ सिग्देलका अनुसार पहिले रु. ३ हजार ५०० रुपैयाँ लिईदै आएको हातखुट्टाको नङ्ग बनाउने मेनि केयर र पेडी केयर रु.२ हजारमा गर्न थालिएको छ । हेयर कलरमा रु.२ हजारबाट शुरु गरिएको छ । यस अघि रु. ३ हजारबाट यो सेवा दिंदै आएको थियो ।

    फेसियल रु.२ हजार ५०० बाट रु. १ हजार ५०० मा झारिएको छ । सबै खालका कपाल कटाईमा २० प्रतिशत छुट दिईएको छ । सिग्देलका अनुसार पार्लर सम्बन्धी सेवामा २० देखि ५० प्रतिशतसम्म छुट दिईएको छ भने तालिममा ५० प्रतिशत छुट दिईएको छ । २५ हजार लिईदै आएको तालिममा अहिले रु. १२ हजार ५०० लिईन्छ ।

    सिग्देलले भन्नुभयो “चाडपर्वभर विशेष छुटमा सेवा दिईरहेका छौं ।” यो सेवा छठसम्म रहने उहाँले जानकारी दिनुभयो ।

    सिजी ल्याण्डमार्कको तेस्रो तलामा रहेको सैलुनमा चितवन र छिमेकी जिल्लाबाट सेवा लिन आउने गर्दछन् । सिग्देलले भन्नुभयो “कतिपय मेरा सेवाग्राही काठमाण्डौंबाट पनि आउनुहुन्छ ।” विगत ११ वर्षदेखि सेवा दिंदै आएको छ । यस क्रममा यहाँ तालिम लिएर जिल्ला र देशका विभिन्न भागसँगै विदेशमा समेत यस सम्बन्धी काम धेरैले गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

    गत वर्षबाट उहाँले आफ्नो जन्मदिनको अवसर पारेर ३० जनालाई निःशुल्क तालिम दिंदै आउनु भएको छ । यससँगै स्थानीय तह र अन्य निकायहरुसँग मिलेर उहाँले तालिम दिने गर्नुहुन्छ । विदेशबाट स्वदेशमै केही गरौं भन्ने अभिप्रायले फर्किनु भएका सिग्देल छोटो समयमा सैलुन पेशमा निकै प्रख्यात हुनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.