भारतीय विस्तारवाद विरुद्ध नेविसंघको प्रदर्शन, जलायो भारतले जारी गरेको नयाँ नक्सा
न्युजभित्तो/२६ कार्तिक २०७६, मंगलवार ११:३८
चितवन । नेपाल विद्यार्थी संघ चितवनले भारतले जारी गरेको नयाँ नक्साको विरोधमा गर्दै सो नक्सा जलाएको छ । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रलाई आफ्नो नक्सामा हालेको विरोधमा नेविसंघले प्रदर्शनसहित सो नक्सा जलाएको हो ।
भरतपुरको सप्तगण्डकी र मैयादेवी कन्या कलेजबाट निकालिएको विरोध र्याली चौविसकोठी हुँदै पुलचोकमा पुगि कोण सभामा परिणत भएको थियो । कोणसभा सुरु हुनु अघि उनीहरुले भारतीय नक्सा जलाएका थिए । सभालाई सम्वोधन गर्दै विद्यार्थी नेताहरुले भारतको ज्यादती अन्त्य नभए सडक संघर्ष गर्न तयार रहेको बताएका थिए ।
भारतीय हस्तक्षेप बन्द गर, लिपुलेक हाम्रो हो, सिमा मिच्न पाईँदैन, गो–ब्याक ईण्डिया, हाम्रो देश हाम्रो माटो–प्राण भन्दा प्यारो छ जस्ता नारा सहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारको मौनताका कारण अझै हेपिनुपर्ने बाध्यता हुन सक्ने तर्क गरेका थिए । सरकारले यस विषयमा तत्काल समाधानको बाटो खोज्नु आवश्यक रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा कल्पना पौडेल, प्रमेश्वर खनाल, कृष्ण बगाले, प्रनिशा गुरुङ्, पुस्कर अधिकारी, तिलक भूषाललगायतका नेविसंघका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।