सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तीज गीतः अहिलेको तीज


  •    न्युजभित्तो/११ भाद्र २०८१, मंगलवार १२:५१ 
  • विष्णु अधिकारी

    यस्पालिनी घुम्दै फिर्दै तीज आयो आउन त
    जागिरेको छुटी छैन क्यारी जाउँ म त

    बैनी लिन भनेर दाजु आउँछन् भनेर
    औंला भाची बस्छिन् बैनि दिन गनेर

    कस्ता भए साथी–संगी कस्ता भए दौँतरी
    शून्य हुँदै जान थाले गाउँका चौतारी

    बाबा आमा हुँदासम्म माइती घर रमाइलो
    सानोमा नै हुने रहिछ तीजको रमाइलो

    चाड्बाड आउँदा छुट्टै रमझम हुन्थ्यो गाउँमा पहिले त
    पार्टी प्यालेस धाउँदै दर खान्छन् अहिले त

    मौलिकता हराउँदै छ विकृति छ चाड्मा
    गीत हेर्नै सकिँदैन दाइको आड्मा

    देखावटी हुन थाले चाड्बाड अहिलेका
    सँस्कृतीको जगेर्ना गर्थे पहिलेका

    तीजमा नाच्ने चौर अब पिच बाटो भैसक्यो
    थाकाइ मेट्ने चौतारीमा पैरो गैसक्यो।

    चेलीबेटी बोलाएर दर ख्वाउथे पहिले त
    सम्धिनीलाई दर ख्वाउन थाले अहिले त

    एक दिन मात्र दर खुवाउथे पहिले त
    महिनै दर खाँदै हिंड्न् थाले अहिले त

    हामी पनि खान थाल्यौ साथी सङ्गी मिलेर
    पार्टी भयो खाए पछि पैसा तिरेर

    आत्मियता भन्दा पनि देखावटी बढी छ
    कानुनले अंकुस लाउँन पर्नि छ ।

    (२०८१ भदौ, चितवन)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.