तीज गीतः अहिलेको तीज न्युजभित्तो/११ भाद्र २०८१, मंगलवार १२:५१ विष्णु अधिकारी यस्पालिनी घुम्दै फिर्दै तीज आयो आउन त जागिरेको छुटी छैन क्यारी जाउँ म त बैनी लिन भनेर दाजु आउँछन् भनेर औंला भाची बस्छिन् बैनि दिन गनेर कस्ता भए साथी–संगी कस्ता भए दौँतरी शून्य हुँदै जान थाले गाउँका चौतारी बाबा आमा हुँदासम्म माइती घर रमाइलो सानोमा नै हुने रहिछ तीजको रमाइलो चाड्बाड आउँदा छुट्टै रमझम हुन्थ्यो गाउँमा पहिले त पार्टी प्यालेस धाउँदै दर खान्छन् अहिले त मौलिकता हराउँदै छ विकृति छ चाड्मा गीत हेर्नै सकिँदैन दाइको आड्मा देखावटी हुन थाले चाड्बाड अहिलेका सँस्कृतीको जगेर्ना गर्थे पहिलेका तीजमा नाच्ने चौर अब पिच बाटो भैसक्यो थाकाइ मेट्ने चौतारीमा पैरो गैसक्यो। चेलीबेटी बोलाएर दर ख्वाउथे पहिले त सम्धिनीलाई दर ख्वाउन थाले अहिले त एक दिन मात्र दर खुवाउथे पहिले त महिनै दर खाँदै हिंड्न् थाले अहिले त हामी पनि खान थाल्यौ साथी सङ्गी मिलेर पार्टी भयो खाए पछि पैसा तिरेर आत्मियता भन्दा पनि देखावटी बढी छ कानुनले अंकुस लाउँन पर्नि छ । (२०८१ भदौ, चितवन) तपाईको प्रतिक्रिया ताजा अपडेट रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
विष्णु अधिकारी
यस्पालिनी घुम्दै फिर्दै तीज आयो आउन त
जागिरेको छुटी छैन क्यारी जाउँ म त
बैनी लिन भनेर दाजु आउँछन् भनेर
औंला भाची बस्छिन् बैनि दिन गनेर
कस्ता भए साथी–संगी कस्ता भए दौँतरी
शून्य हुँदै जान थाले गाउँका चौतारी
बाबा आमा हुँदासम्म माइती घर रमाइलो
सानोमा नै हुने रहिछ तीजको रमाइलो
चाड्बाड आउँदा छुट्टै रमझम हुन्थ्यो गाउँमा पहिले त
पार्टी प्यालेस धाउँदै दर खान्छन् अहिले त
मौलिकता हराउँदै छ विकृति छ चाड्मा
गीत हेर्नै सकिँदैन दाइको आड्मा
देखावटी हुन थाले चाड्बाड अहिलेका
सँस्कृतीको जगेर्ना गर्थे पहिलेका
तीजमा नाच्ने चौर अब पिच बाटो भैसक्यो
थाकाइ मेट्ने चौतारीमा पैरो गैसक्यो।
चेलीबेटी बोलाएर दर ख्वाउथे पहिले त
सम्धिनीलाई दर ख्वाउन थाले अहिले त
एक दिन मात्र दर खुवाउथे पहिले त
महिनै दर खाँदै हिंड्न् थाले अहिले त
हामी पनि खान थाल्यौ साथी सङ्गी मिलेर
पार्टी भयो खाए पछि पैसा तिरेर
आत्मियता भन्दा पनि देखावटी बढी छ
कानुनले अंकुस लाउँन पर्नि छ ।
(२०८१ भदौ, चितवन)