सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शेयर बजार ७०.८१ अंकले वृद्धि हुँदा, कारोबार रकममा रेकर्ड ब्रेक


  •    न्युजभित्तो/२८ श्रावण २०८१, सोमबार १५:५० 
  • काठमाडौं, २८ साउन । शेयर बजार कारोबार रकममा सोमवार उच्च रेकर्ड कायम भएको छ । नेपाली पुँजीबजारमा पछिल्लो दिनहरुमा नयाँ नयाँ रकर्ड बन्दै गएको छ । आईतवार शेयरबजार कारोबार रकममा राखेको उच्च रेकर्ड सोमवार तोडिएको छ । आईतवारको शेयर बजार कारोबारमा २५ अर्ब २७ करोडको कारोबार भएकोमा सोमवार उक्त कारोबार रकमलाई तोड्दै उच्च रेकर्ड कायम भएको हो । सोमवार शेयर बजार मापक नेप्सेको कारोबार रकम २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक ७०।८१ अंकले बढेर २९३१।६५ बिन्दुमा पुगेको छ । साताको दोस्रो कारोबार दिन नेप्से भने साढे २ प्रतिशत बढेर २९०० बिन्दुभन्दा माथि पुगेको हो ।

    त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०।५६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ५।७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४।०६ अंकले बढेको छ ।
    सोमवार कारोबारमा आएका ३३९ कम्प्नीको ६ करोड ४८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २७ अर्ब २४ करोड बराबरको कारोबार भएको छ । कारोबार रकमले नयाँ रेकर्ड बनाउनुको साथै सोमबार ३० महिनायताकै नेप्से परिसूचक पनि माथि पुगेको हो । सोमवार कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    सोमवार १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक ५।८५ प्रतिशत बढेको छ भने वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशत,विकास बैंकको ३ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि २ प्रतिशतभन्दा बढीले बढेको छ ।

    शेयर बजारले कारोबार रकममा रेकर्ड राख्दा ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, भिजन लुम्बिनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। तर कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ सोमवार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सले १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । —न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.