मुलुकभर २५ जना हैजाका बिरामी, सबैभन्दा धेरै ललितपुरमा
न्युजभित्तो/२० श्रावण २०८१, आईतवार ११:०२
काठमाडौं, २० साउन । मुलुकभर हैजाबाट संक्रमित हुनेक्रम बढिरहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकनुसार यस वर्ष हालसम्म मुलुकभर २५ जनामा हैजा पुष्टि भएको छ ।
हैजाका बिरामीमध्ये ललितपुरमा मात्रै १६ जना छन् । काठमाडौंमा एक र कैलालीको धनगढीमा आठ जनामा हैजा संक्रमण देखिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित एक पुनस्र्थापना केन्द्रमा, इमाडोलमा र काठमाडौंको टोखा क्षेत्रमा गरी काठमाडौं उपत्यकामा १७ जनामा हैजा पाइएको हो ।
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई जना तथा अन्य बस्ती बाक्लो भएको स्थानमा नमुना परीक्षण गर्दा ६ जनामा हैजा संक्रमण देखिएको हो । हैजा देखिएका स्थानमा निगरानी भइरहेको महाशाखाले जनाएको छ । २ वर्षअघि हैजाबाट संक्रमित हुनेको संख्या ७७ जना पुष्टि भएको थियो । गत वर्ष हैजाको संक्रमण देखिएपछि काठमाडौं महानगरपालिका–११, १२ र १३ मा हैजाको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हैजाबाट बच्न व्यक्तिगत सरसफाई र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महŒवपूर्ण रहेको चिकित्सकहरूले बताएका छन् । हैजा ‘भिब्रियो कोलेरा’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग हो । हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्छ । सरसफाई तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।
हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरू देखापर्छन् । हैजा संक्रमण भयो र उपचार पाइएन भने केही घण्टामै संक्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानीजस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुुन, पिसाब पहेंलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ ।
हैजा संक्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन, तर उनीहरूको दिसामा पहिलादेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ र लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानीजस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिने गर्छ ।
हैजा लागेपछि निरन्तर पखाला लाग्ने र बान्ता आउने गर्छ । जसले जलवियोजन हुने र समयमा उपचार नगराएमा बिरामीको मृत्युसमेत हुने गर्छ । विश्व स्वास्थ्य संगठनले हैजा जनस्वास्थ्यका लागि विश्वव्यापी खतरा, असमानता र सामाजिक विकासको कमीको सूचक भएको बताएको छ ।
हाल तीन जिल्लामा संक्रामक रोगको निगरानी सरकारले नभई अन्तर्राष्ट्रिय भ्याक्सिन इन्स्टिच्युट, कोरियाले गरिरहेको छ । तर, सरकारले यस’boutमा भने जानकारी दिएको छैन । नेपालमा हरेक वर्ष मनसुन सुरु भएपछि झाडापखालाको संक्रमण बढ्ने गरेको छ ।
यस रोगबाट बच्नका लागि, हामीले पिउने पानी शुद्ध बनाउनु आवश्यक छ, किनकि हैजा दूषित पानीबाट फैलिन्छ । शुद्ध पिउने पानीको पहुँच हैजाबाट बच्ने सबैभन्दा महŒवपूर्ण उपायहरूमध्ये एक भएकाले, पिउने पानी सुरक्षित र शुद्ध छ भन्ने सुनिश्चित गर्न आवश्यक छ । यद्यपि, पानी सफा र फोहोरमुक्त देखिँदैमा यो हैजाबाट सुरक्षित छ भन्ने हुँदैन ’cause सफा देखिने पानीमा अन्तर्निहित अशुद्धता हुन सक्छ, जुन हाम्रो आँखाले नदेखिने हुन सक्छ ।
हैजाको जोखिम कारकहरूमा अशुद्ध पिउने पानी, कम सरसफाई र असुरक्षित खाना समावेश छ । हैजा संक्रमित पानीले यो संक्रमण निम्त्याउन सक्छ, जसले यसलाई पिउने सबैलाई बिरामी पर्न सक्छ । अति संक्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्छ ।
झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुका साथै दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।