सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बंगलादेशमा सर्प आतंक बढेपछि एउटा मार्नेलाई ५० हजार इनामको घोषणा


  •    न्युजभित्तो/१४ असार २०८१, बिहीबार १४:३० 
  • ढाका, १३ असार । बगलादेशमा सर्पदंशका बिरामी बढेपछि देशका विभिन्न भागमा रसेल भाइपर सर्प मार्ने क्रम बढेको छ । रसेल भाइपर भन्ने ठानेर अरू सर्पलाई पनि मार्ने क्रम बढेको जनाइएको छ । सर्पकाबारेमा त्यहाँ विभिन्न अफवाह पनि फैलिइरहेका छन् ।

    त्यहाँको वन विभागका अधिकारीहरूका अनुसार बंगलादेशमा पाइने सर्पमध्ये ८५ प्रतिशतभन्दा बढीमा विष हुँदैन । रसेल भाइपर पनि विषालु सर्पमा ९ नम्बरमा पर्दछ । अहिले आतंकका कारण मानिसले जुन सर्प पनि मारिरहेका छन्, ती मध्ये धेरै विषहीन र पर्यावरणमा लागि चाहिने सर्प समेत परेका छन् ।

    जीव विशेषज्ञका अनुसार सर्प जैविक विविधताको एक महत्त्वपूर्ण हिस्सा हो । पर्यावरण सन्तुलन बनाइ राख्नको लागि अरू जीवजस्तै सर्प पनि जरुरी छ । यसले गर्दा जसरी सर्पलाई कुनै सोचविचार नगरी मारिँदै छ, त्यसले पर्यावरणमा के असर गर्न सक्छ ?

    बितेका केही सातादेखि मिडियामा रसेल भाइपरका बारेमा निकै समाचार आएका थिए । बंगलादेशमा यो सर्पलाई चन्द्रबोडा वा उलूबोडा भनिने गरेको छ । यो सर्पलाई कुनै बेला बंगलादेशमा लोप भएको मानिएको थियो । तर, करिब १२ वर्षअघि यसले डसाइबट मानिसको मृत्युको घटना सार्वजनिक भएको थियो । सर्पमाथि सोध गर्नेहरूको भनाइ अनुसार यो सर्प २०१३ देखि बढी देखिन थालेको हो ।

    सन् २०२१ मा देशको उत्तर पश्चिमका केही इलाकामा खासगरी पद्माको तटवर्ती केही जिल्लामा यो सर्पले टोकेर दुईजनाको मृत्यु भएको थियो । साथै थुप्रै अन्य मानिस बिरामी पनि परेका थिए ।

    सरकारी अधिकारीहरूका अनुसार यो वर्ष गएका तीन महिनामा मानिकगन्जमा सर्पको टोकाइबाट पाँचजनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो किसान थिए । त्यो समयमा धान काट्ने मौसम चलिरहेको थियो । खेतमा सर्पको उपद्रोलाई स्वाभाविक मानिने गरेको छ ।

    चटगाउँ विश्वविद्यालयका प्राणी विज्ञान विभागका प्राध्यापक फरीद अहसानले जनाएअनुसार रसेल भाइपर पद्माको बेसीबाट मानिकगन्जको तटवर्ती इलाकामा पुगेका हुन् । यो हप्ता राजशाही विश्वविद्यालयका एक छात्रको पनि सर्पदंशबाट मृत्यु भएको थियो ।

    फरिदपुर क्षेत्रका एक नेताले त रसेल भाइपर मार्नेलाई प्रतिसर्प ५० हजार टाका इनाम दिने नै घोषणा गरेका छन् । वन विभागका अधिकारीहरुका अनुसार जुन सर्पलाई अहिले पिटिपिटी मारिँदै छ, तिनमा शंखिनी, अजगर, घरगिन्नी, दाराज, ढोंढा र गुइसापका विभिन्न प्रजाति पनि परेका छन् ।

    यीनै मध्येका केही सर्पले रसेल भाइपरलाई खाएर प्रकृतिको सन्तुलन बनाइराख्छन् । यद्यपि, यी काम लाग्ने सर्प पनि अहिले मार्न थालिएको छ । बंगलादेशको मेडिकल सर्भिसको आकडाअनुसार सर्पले टोकेर त्यहाँ वर्षमा करिब साढे सात हजार मानिसको मृत्यु भइरहेको छ । यसमध्ये १२० जनाको मात्रै रसेल भाइपरले टोकेर मृत्यु भएको हो ।

    सर्प किन महत्त्वपूर्ण ?

    विशेषज्ञहरुका अनुसार जैविक विविधताको रक्षाको लागि सर्पको भूमिका धेरै महत्त्वपूर्ण रहेको छ । सर्प मारेको अवस्थामा मुसाको बिगबिगी बढ्न सक्नेछ । यसले गर्दा अन्न उत्पादन १० देखि २० प्रतिशत घट्ने सम्भावना हुन्छ । जैविक विविधताको हिसाबले एक जातिको अनुपस्थितिको असर व्यापक रुपमा पर्न सक्दछ । बीबीसी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.