सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैंडाको चोरी शिकार रोक्न दक्षिण अफ्रिकामा नयाँ अभियान-खागमा विशालु चिप जडान


  •    न्युजभित्तो/१४ असार २०८१, बिहीबार १२:५२ 
  • काठमाडौं, १३ असार । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले गैंडाको चोरी शिकारी नियन्त्रण गर्ने उद्देश्यले सिङ्ग ९खाग०मा चिप जडान गर्ने नयाँ अभियान सुरु गरेका छन् । यसबाट अन्तर्राष्ट्रिय नाकाहरुमा राखिएका जाँच चौकीबाट तस्करहरुलाई सजिलै पक्राउ गर्न सकिने वैज्ञानिकहरुको विश्वास छ ।

    इन्टरनेशनल राइनोसोरस फाउन्डेसनको एक अनुमान अनुसार दक्षिण अफ्रिकामा करिब १५ हजार गैंडाहरु छन् । विश्वमै सबैभन्दा धेरै गैंडा पाइने दक्षिण अफ्रिकामा सबैभन्दा धेरै चोरी शिकारी पनि हुने गर्दछ । गत फेब्रुअरीमा दक्षिण अफ्रिकाको पर्यावरण मन्त्रालयले गैंडाको चोरी शिकार रोक्ने प्रयासका बाबजुद सन् २०२३ मा ४९९ गैंडा मारिएको जनाएको थियो । यो सन् २०२२ को तुलनामा ११ प्रतिशतले बढी हो ।

    चोरी शिकार गर्नेहरुले गैंडा मारेर त्यसको खाग काटेर लैजान्छन् । खागको सबैभन्दा धेरै माग एसियाली देशहरुमा हुने र महँगो मूल्यमा किनबेच हुने जानकारहरु बताउँछन् । गैंडाको खागबाट परम्परागत औषधिहरु बन्ने बताइन्छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले अब त्यस्ता खागहरु उपयोग नै गर्न नमिल्ने गरी त्यसभित्र रेडियो एक्टिभ चिप राख्ने अभियान चलाएका छन् । विषयुक्त चिपले गैंडाहरुलाई दुखाइ पनि नहुने र हानि पनि नगर्ने वैज्ञानिकहरुको भनाइ छ ।

    विटवाटरसेण्ड विश्वविद्यालयको रेडिएसन एण्ड हेल्थ फिजिक्स विभागका प्रमुख जेम्स लारकिन भन्छन्, ‘गैंडाको खागमा दुईवटा साना रेडियो एक्टिभ चिप लगाइन्छ । चिप लगाउँदा गैंडालाई दुख्दैन र नकारात्मक असर पनि पर्दैन ।’ सोही विश्वविद्यालयको विज्ञान संकायकी डिन नित्या चेट्टी भन्छिन्, ‘रेडियो एक्टिभ चिप जडान गरिएका खाग कहीँ पनि प्रयोग गर्न मिल्दैन । किनभने यो मानिसहरुका लागि विषालु हुन्छ ।’

    गैंडाको स्वास्थ्यको ख्याल

    ‘राइसोटप’ नाम दिइएको यो अभियान अन्तर्गत पहिलो चरणमा २० वटा गैंडामा रेडियो एक्टिभ चिप जडान गरिएको छ ।

    यो चिप यति शक्तिशाली हुन्छ कि अन्तर्राष्ट्रिय नाकाहरुमा जडान गरिएका न्युक्लियर डिटेक्टर मेसिनले पत्ता लगाउँछ । दक्षिण अफ्रिकासहितका देशहरुले आतंकवाद नियन्त्रणका लागि अन्तर्राष्ट्रिय नाकाहरुमा न्युक्लियर डिटेक्टर जडान गरेका छन् ।

    यो अभियानमा संलग्न संरक्षणकर्मीहरुका अनुसार गैंडाको खागमा राखिएको रेडियो एक्टिभ पदार्थले पाँच वर्षसम्म काम गर्दछ । यसबीचमा गैंडाको रगत परीक्षण लगायतका नियमित स्वास्थ्य जाँच पनि गरिने छ ।

    दक्षिण अफ्रिकाको उत्तरपूर्वमा पर्ने वाटरबर्ग क्षेत्रमा जनावरहरुका लागि लिम्पोपो नामको स्याहार तथा संरक्षण केन्द्र छ । लिम्पोपोकी संस्थापक एरी वान डेभेन्टर भन्छिन्, ‘चोरी शिकार नियन्त्रणका लागि विगतमा गरिएका कयौं प्रयासहरु असफल भइरहेका छन् । चिप लगाउने अभियान अहिलेसम्मकै राम्रो आइडिया हो । अब यो अभियानले चोरी शिकार र तस्करी रोकिन्छ कि ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.