सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते


  •    न्युजभित्तो/१२ असार २०८१, मंगलवार १२:०० 
  • काठमाडौं, ११ असार । अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु हुनुका साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी महानिर्देशनालयका प्रमुख हसिबुल्लाह मोख्तरले बताएका छन्।

    उनले भने, “यहाँ ९७ सडक दुर्घटना हुँदा करिब एक सय ६१ जना घाइते र ४८ जनाको मृत्यु भयो ।” द्वन्द्वग्रस्त मुलुकमा सडकको कमजोर अवस्था, लापरवाही सवारी चलाउने र यात्राका क्रममा सुरक्षा उपायको अभाव जस्ता घातक सडक दुर्घटनाका कारण हुन् ।

    यस वर्ष अफगानिस्तानमा इद अल–अधाको बिदा सुरुमा तीन दिनसम्म रहने घोषणा गरिएको थियो तर पछि पाँच दिनसम्म लम्ब्याइएको छ ।

    अप्रिलमा इद अल–फित्रको चार दिने बिदामा अफगानिस्तानमा सडक दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो भने एक सय ८५ जना घाइते भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.