सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका नगरपालिकामा धेरै दूध उत्पादन गर्ने कृषकलाई अनुदान


  •    न्युजभित्तो/१० कार्तिक २०७६, आईतवार २०:५३ 
  • चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाले वार्षिक १० हजार लिटरभन्दा बढी दूध उत्पादनमा अनुदान दिन थालेपछि कृषक उत्साहित भएका छन् । गत आवमा १२ जना कृषकले अनुदान पाएकामा यस आव यो सङ्ख्या २५ पुगेको छ । अघिल्लो आवको दूधको आधारमा अनुदान दिन थालिएको हो ।

    नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार १० हजार लिटरभन्दा बढी दूध बिक्री गर्ने कृषकलाई रु ३३ हजार ३३३ का दरले अनुदान दिइएको छ । उहाँका अनुसार यसरी अनुदान पाउने कृषकमा गत वर्ष ५८ हजार लिटर दूध बिक्री गर्नेसम्मका रहेका छन् ।

    कृषकलाई व्यावसायिक रुपमा लाग्न प्रेरित गर्ने उद्देश्यले अनुदानमा जोड दिइएको प्रमुख श्रेष्ठले बताउनुभयो । अनुदान दिन शुरु गरेपछि कृषक उत्साहित भएको उहाँको भनाइ छ । यसबाहेक कृषकलाई गोठ सुधारमा रु एक लाखसम्म, घाँसको बीउमा अनुदान, वोयर जातको बोका वितरण, ब्याड राँगा वितरण, ‘काउम्याट’मा अनुदान दिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.