सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएसँगै अनुसन्धानमा शीघ्रता अपनाउन अदालतको आदेश


  •    न्युजभित्तो/१५ जेष्ठ २०८१, मंगलवार ११:१२ 
  • काठमाडौँ, १५ जेठ । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथिको अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको छ।

    जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले नागरिकतासम्बन्धी कसुर (झुट्टा विवरण पेश गरी किर्ते गरेको) मा सिरोहियालाई सोमबार थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। अनुमतिसँगै अदालतले अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको हो।

    सिरोहिया बिरामी भएको र काव्या अस्पतालको रिपोर्टअनुसार उनको स्वास्थ्य अवस्थाका कारण अनुसन्धानमा शीघ्रता अपनाउन भनिएको हो। ‘प्रतिवादी कैलाशप्रसाद सिरोहिया बिरामी भएको र मिसिल संलग्न काव्या अस्पतालको रिपोर्ट हेर्दा र उनको स्वास्थ्य अवस्थाको प्रतिकूलतालाई विचार गर्दा अनुसन्धानमा शीघ्रता र उपयुक्त अस्पतालमा लागि उपचार गराउनु तथा उनले नियमित स्वास्थ्य परीक्षण गर्ने गरेको चिकित्सकबाट परीक्षण गराउन उपयुक्त हुने हुँदा सोको लागि आवश्यक व्यवस्था गर्नु गराउनु,’ आदेशमा भनिएको छ।

    सिरोहियामाथि अनुसन्धान गर्न तेस्रो पटक म्याद माग भएको थियो। जिल्ला सरकारी वकिल कार्यालय धनुषाले सोमबार अदालतमा पेस गरेको पत्रअनुसार जिल्ला प्रहरी परिसर काठमाडौं लगायत निकायबाट परीक्षणका लागि पठाइएका हस्ताक्षर र हस्तलिखत नमूना परीक्षणको प्रतिवेदन आउन बाँकी छ।

    उक्त विवरण मगाउने, सिरोहियाको औंलाछापको नमूना परीक्षण गर्न पठाउने र घटना विवरणका कागज बुझ्न बाँकी रहेको भन्दै सरकारी वकिलले अदालतसमक्ष माग गरेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
    कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण
    इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार
    • ‘लालीबजार’ प्रदर्शनमा
    • लक्ष्मीपुरमा कृषि तथा पोषण मेला
    • चलचित्’ले अभिनेत्री स्वस्तिमा खड्कालाई धेरै वर्षसम्म जीवित राख्नेछः अभिनेत्री खड्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.