सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्योः महामन्त्री थापा


  •    न्युजभित्तो/१३ जेष्ठ २०८१, आईतवार १६:५१ 
  • काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्थ्यो भन्नुभएको छ ।
    नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘लोकतन्त्रमा सञ्चार माध्यमको महत्व’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सहकारीका नाममा धेरै नागरिक पीडित बनेकाले तिनलाई न्याय दिन पनि सहकारीको मुद्दालाई टुङ्गोमा पु¥याइने प्रतिबद्धता जनाउनुभयो । “यदि अहिले कांग्रेसको ठाउँमा अरु जुनसुकै पार्टी भए पनि यो विषय उठ्थ्यो । त्यसैले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न कांग्रेसले भनेजस्तै समिति बन्छ, सहकारीबाट पीडित भएकाले न्याय पाउँछन्, सहकारीका नाममा ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ, यसका लागि आजदेखि कांग्रेस सडक सङ्घर्षमा उत्रिएको छ”,महामन्त्री थापाले भन्नुभयो ।

    प्रजातन्त्रको आवरणमा चरम अनुदारवादी शासन गर्न थालिएकाले सार्वजनिक संस्थाको विश्वासमा ह्रास आएको उहाँको भनाइ थियो । सरकारी संस्था र प्रेसजगत्प्रतिको विश्वासमा पनि ह्रास आउन थालेकाले यसप्रति सबै सजग हुनुपर्नेमा महामन्त्री थापाको जोड थियो । “सार्वजनिक संस्थाप्रतिको विश्वासमा ह्रास आएको छ, प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजिएको छ । यसले यसले राम्रो सङ्केत गरेको छैन । त्यसैले हामी सबै सचेत बन्नुपर्ने अवस्था छ”,उहाँले भन्नुभयो ।

    युनियनका संस्थापक एवम् नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले श्रमजीवी पत्रकारका हकहितका मुद्दा उठाउने उद्देश्यले नै विसं २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनको स्थापना भएको बताउनुभयो । उहाँले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउको घटनाले प्रेस स्वतन्त्रतावादी सबैलाई झस्काएको र विभिन्न आवरणमा प्रेसमाथि हुने आक्रमणबारे सचेत रहनुपर्ने धारणा राख्नुभयो ।
    युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारिता गरिरहेका सबैलाई साधारण सदस्यता दिएरमात्र नेपाल पत्रकार महासङ्घको निर्वाचन गर्न माग गर्नुभयो । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खतरामा पार्ने गरी कान्तिपुर दैनिकको कार्यालयमा प्रहरी प्रवेश गरेको धारणा राख्नुभयो ।

    कार्यक्रममा युनियनका पूर्व अध्यक्ष एवम् राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, युनियनका अर्का पूर्वअध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, अकोरावका अध्यक्ष अर्जुन गिरी, युनियनका उपाध्यक्ष नकुल अर्याललगायतले प्रेस स्वतन्त्रतामाथि जुनसुकै नाममा हुने आक्रमणविरुद्ध सबै सञ्चारकर्मी एकजुट भएर उभिनुपर्नेमा जोड दिनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल
    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
    कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण
    • इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार
    • ‘लालीबजार’ प्रदर्शनमा
    • लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.