सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन


  •    न्युजभित्तो/१३ जेष्ठ २०८१, आईतवार १३:२६ 
  • काठमाडौँ, १३ जेठ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताउनुभएको छ ।

    आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रश्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताउनुभएको हो । अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताउनु भयो । उहाँले प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको जानकारी दिनुभयो ।

    अर्थमन्त्री पुनले प्रदेशगत रुपमा गण्डकी,वागमती,लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औषत भन्दा माथि रहने अनुमान रहेको बताउनु भयो । उहाँँले चालु आर्थिक वर्षको फागुणसम्म औषत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने बताउनु भयो । उहाँले राजश्व परिचालनमा क्रमसः सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुणसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको फागुणसम्ममा संघीय खर्च २।९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको बताउनु भयो । उहाँले आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘मुलुकको आर्थिक,सामाजिक सूचकहरुमा बिस्तारै सुधार हुँदै गएको छ । उत्पादन मुलक उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनको बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले बिस्तार हुने अनुमान छ । प्रदेशगत रुपमा गण्डकी,वागमती,लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औषत भन्दा माथि रहने अनुमान छ । चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान छ ।

    त्यतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान छ । चालु आर्थिक वर्षको फागुनसम्म औषत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहेको छ । राजश्व परिचालनमा क्रमस सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको छ । यस अवधिमा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको छ । आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ । कुल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र वाह्य ऋण ५०.४ प्रतिशतले रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तानतरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेका छन् ।’

    उहाँले कुल ऋणमध्य आन्तरिक ऋण ४९.६ प्रतिशत र वाह्य ऋण ५०.४ प्रतिशतले रहेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७९/०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तानतरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल
    दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस
    कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण
    • इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    • प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार
    • ‘लालीबजार’ प्रदर्शनमा
    • लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.