पोखरामा साढे दश लाख र पाल्पामा पाँच लाखसहित जुवाडे पक्राउ
न्युजभित्तो/१० कार्तिक २०७६, आईतवार १२:४४
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५ सय १० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्डी र नगदसहित जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । जुवाडेलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पाँच लाखसहित १३ जुवाडे पक्राउ पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकास्थित स्वर्गीय हुमबहादुर कुँवरको घरबाट आज बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार मानिस नबस्ने खाली घरमा कौडा खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपर्नेमा तानसेन नगरपालिका–२ का ४४ वर्षीय अमन श्रेष्ठ, रैनादेवीछहरा गाउँपालिका–४ का ३२ वर्षीय देवकुमार पराजुली, रिब्दीकोट गाउँपालिका–७ डबका यमबहादुर कुँवर, सोही स्थानका ६० वर्षीय गोपाल कुँवर, २६ वर्षीय कलम कुँवर, ५४ वर्षीय ताराबहादुर कुँवर, ३२ वर्षीय विष्णुबहादुर थापा, २२ वर्षीय सचिन कुँवर, २० वर्षीय समुद्र कुँवर, ५७ वर्षीय नारायण कुँवर, २२ वर्षीय गौरव कँुवर, ४५ वर्षीय शिव चौहान र ४० वर्षीय सुन्दर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलले बताउनुभयो ।
उनीहरुको साथबाट पाँच लाख ४५ हजार ८ सय ५५ रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ । त्यस्तै, भारतीय रुपैयाँ दुई हजार ५ सय २० समेत बरामद भएको छ ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५ सय १० रुपैयाँ नगदसहित नौ जना जुवाडे पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्डी र नगदसहित जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । जुवाडेलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
पाँच लाखसहित १३ जुवाडे पक्राउ
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, डबकामा १३ जना कौडा खेलिरहेको अवस्थामा करीब रु पाँच लाखसहित पक्राउ परेका छन् ।