सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनगायक जीवन शर्माका छोराको उपचारका लागि सांसद कृष्णकुमार श्रेष्ठद्वारा ५० हजार सहयोग घोषणा


  •    न्युजभित्तो/१० कार्तिक २०७६, आईतवार १२:२२ 
  • दमौली । जनगायक जीवन शर्माका छोराको उपचारका लागि तनहुँ क्षेत्र नं १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

    जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले सांसद श्रेष्ठले रु ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

    जनताका पक्षमा गीत गाउने वरिष्ठ कलाकार शर्माको परिवारमाथि आइपरेको विपत्मा साथ दिन एक महीनाको तलबवापतको रकम सहयोग गर्न लागेको सांसद श्रेष्ठले जानकारी दिनुभयो ।

    “जनगायक शर्माका छोराको उपचारका लागि सरकारले पनि गम्भीर भएर सहयोग गर्नुपर्छ”, सांसद श्रेष्ठले भन्नुभयो, “घोषणा गरेबमोजिमको रकम केही दिनभित्रै उपलब्ध गराउँछु ।” शर्माका छोरा अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको छ । जनगायक शर्माले आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बताउनुभएको छ ।

    सांसदमा निर्वाचित भएसँगै सांसद श्रेष्ठले आफ्नो तलबवापतको रकम जिल्लास्थित विभिन्न सङ्घसंस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ । सांसद श्रेष्ठले विभिन्न विद्यालय, आमा समूह, मठमन्दिर, खानेपानी योजना लगायतलाई आफ्नो तलबवापतको रकम उपलब्ध गराउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.