मनमोहन अधिकारी, जो विश्वकै पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री हुनुहुन्थ्यो
/१३ बैशाख २०७६, शुक्रबार १४:४९
ललितपुर । नेपालको पहिलो बामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको आज २०औँ स्मृति दिवस । २०५१ सालमा नेकपा एमालेको सरकारमा प्रधानमन्त्री हुनुभएका अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो ।
मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा अतुलनीय योगदान पु¥याउनुभएको बताउनुभयायो । उहाँले वर्तमान सरकार स्व. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको उल्लेख गर्नुभयो ।स्व अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व. अधिकारीले वामपन्थी पार्र्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभयो ।
अधिकारीले ‘आफ्नो गाउँ आफै बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाउनुभएको उहाँको भनाइ थियो । सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको बताउँदै उहाँले भन्नुभयो, ‘चुनौतीका बीचमा पनि उहाँले गर्नुभएको काम निकै महत्वपूर्ण थिए ।’एकातिर राजतन्त्रको फर्कने चाहना र अर्कातिर जनयुद्धको तयारीले गर्दा स्व. अधिकारीले पार्टीको नेतृत्व गर्दा देशमा चुनौती रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँपछिको पार्टी नेतृत्वले यी दुवै चुनौती सामना गरेको उहाँको भनाइ छ ।
वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न कानून निर्माणमार्फत् संविधानको कार्यान्वयन हुने दिशामा रहेको छ ।’
प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मीराज मानन्धरले नेपालको वाम आन्दोलनमा स्व अधिकारीको भूमिका अनुकरणीय रहेको बताउनुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्र्टीका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाललगायतको उपस्थिति थियो ।
मनमोहनबारे थप तथ्य
मनमोहन अधिकारी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री हुनुभयो । उहाँ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य हुनुहुन्थ्यो । वि.सं. २०४६ को जनआन्दोलनताका नेकपा माक्र्सवादीका अध्यक्ष रहनुभएका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष हुनुभयो ।
२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट उहाँ प्रधानमन्त्री बन्नुभयो । उहाँको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो ।
काठमाडौंको लाजिम्पाटमा जन्मनुभएका अधिकारीले आफ्नो बाल्यकाल विराटनगरमा बिताउनुभयो । उहाँलाई १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइयो । उहाँको बि. एस्सी. को अध्ययन सकिन लागेका बेला १९४२ मा भारत छोडो आन्दोलनमा सहभागी हुनुभयो । उहाँलाई ब्रिटिश सरकारले गिरफ्तार ग¥यो र अन्य नेताहरूसँगै जेल पठायो । त्यहाँबाट उहाँको अध्ययन पनि पूरा हुन पाएन ।
भारत बसाईमा नै मनमोहन कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको थियो । भारतबाट विराटनगर फर्केपछि उहाँ त्यहाँ एक कारखानामा काम गर्न थाल्नुभयो र ट्रेड यूनियनको नेता बन्नुभयो । १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । बांग्लादेशको स्वतन्त्रता आन्दोलनको क्रममा पनि उहाँ पक्राउ पर्नुभएको थियो ।