तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताउनुभयो । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको गुरुङले जानकारी दिनुभयो ।
उक्त घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशैँ तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् । दशै तिहारकै मौसममा अघिल्लो वर्ष पनि यहाँ एकजनाको मृत्यु भएको रोल्पा नगरपालिका–३ की सरमा विष्टले जानकारी दिनुभयो ।
झापा
लिफ्टले थिचेर झापाको दमकमा आज बिहान एक मजदूरको मृत्यु भएको छ । दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आउनुभएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
लिफ्ट मर्मत गर्ने क्रममा लिफ्ट अकस्मात चलेपछि ग्रिलको काम गरिरहेका मगरलाई लिफ्टले थिचेको थियो । बिहान ८.३० बजे सो दुर्घटनाबाट सख्त घाइते भएका मगरलाई दमकस्थित लाइफलाइन अस्पतालमा पुर्याएको भए पनि उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । घाइतेको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयकुमार पण्डितले बताउनुभयो ।
बैतडी
महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलातर्फ गइरहेको से१ख १९२३ नम्वरको ग्यास बोकेको ट्रक सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रकका चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका धनसिंह धामी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
ट्रकमा चालक मात्रै रहेको बुझिएको छ । चालक निदाएको वा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
त्यस्तै, बैतडीमै स्काभेटरले किच्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । स्काभेटरमा रहेका पुजारालाई मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।
लामालेक– ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि जग खन्न ल्याउँदै गरेको अवस्थामा आज बिहान पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिनुभयो । स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
चितवन
चितवनमा बुधबारदेखि हराएकी एक वृद्धा आज मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् । उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयले वृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
रुकुमपूर्व
जेसिबी पल्टिदा रुकुमपूर्वमा एक जनाको मृत्यु भएको छ । भुमे गाउँपालिका–२ को सैपातुन भन्ने ठाउँमा जेसिबी सडकबाट २७ मिटर तल खोलामा खस्दा त्यसका चालक सोही गाउँपालिका–२ काँक्रीका अन्दाजी ४५ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो ।
आज बिहान उक्त गाउँपालिकाको रा १ २९ ग नम्बरको जेसिबी खाबाङ बगरबाट लुकुम जाने क्रममा मध्यपहाडी लोकमार्गको सैपातुन भन्ने ठाउँमा पल्टिदा त्यसका चालक बुढाको हात खुट्टा मात्र बाहिर देखिएको र अन्य भाग त्यसकै टायरले कुल्चिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो । अर्को डोजर लगेर बुढाको शव निकालिएको र शवको पोष्टमार्टमका लागि लागि रुकुमकोट जिल्ला अस्पतालमा लगिएको उहाँले जानकारी गराउनुभयो ।
रोल्पा