सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवौँ विश्व रेन्जर सम्मेलन चितवनमा


  •    न्युजभित्तो/७ कार्तिक २०७६, बिहीबार १३:५१ 
  • चितवन । नवौँ विश्व रेन्जर सम्मेलन यही कात्तिक २६ गतेदेखि पाँच दिनसम्म सौराहामा हुने भएको छ । विश्व रेन्जर सम्मेलन एशियामा नै पहिलोपटक नेपालमा हुन लागेको हो । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा हुँदै आएको छ ।

    यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सरकारले नवौँ सम्मेलन सम्पन्न गर्न वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्य एवं वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार सम्मेलनमा ७० भन्दा बढी देशबाट करीब ५०० विदेशी सहभागी हुँदैछन् भने नेपालका १०० हाराहारीले सहभागिता जनाउने छन् ।

    वन, वन्यजन्तु र वातावरणका क्षेत्रमा काम गर्ने विज्ञहरु सम्मेलनमा सहभागी हुँदै छन् । थपलियाका अनुसार सम्मेलनमा वन, वन्यजन्तु र वातावरणका क्षेत्रमा भएका उपलब्धि र चुनौतीहरुका विषयको आदानप्रदान हुनेछ ।

    नेपालले वन्यजन्तु संरक्षणमा प्राप्त गरेको उपलब्धिलाई सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । मुख्य रुपमा शून्य चोरी शिकारमा समुदायको सहभागिताका बारेमा नेपालले आफ्नो प्रस्तुतीकरणमा समावेश गर्ने जनाइएको छ ।

    सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । थपलियाका अनुसार सहभागीहरुको प्रवेषाज्ञा, आवास, कार्यपत्रलगायतको तयारीको काम भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.