सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अठारौँ ‘नाम’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार बाकु प्रस्थान गर्दै


  •    न्युजभित्तो/६ कार्तिक २०७६, बुधबार २०:५८ 
  • मनोज कार्की
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुहुनेछ ।

    यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बाकुमा आज शुरु भएको दुईदिने मन्त्रिस्तरीय पूर्वतयारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली आज त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्तमात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

    सोही दिन साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा प्रधानमन्त्री ओली सरीक हुनुहुनेछ । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।

    शिखर सम्मेलनअघि कात्तिक ६ र ७ गते हुने मन्त्रिस्तरीय पूर्वतयारी बैठकको प्रतिवेदनमा आधारित हुँदै भेनेजुएलामा सन् २०१६ मा सम्पन्न १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गर्दै सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ ।

    नामको संस्थापक राष्ट्रको हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.