नेकपाका केन्द्रीय नेतामाथि चन्द समूहको आक्रमण, मोबाइल फोन पनि कब्जा
न्युजभित्तो/६ कार्तिक २०७६, बुधबार १३:२९
जाजरकोट । बारेकोट गाउँपालिकाको लिम्सामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिँहमाथि आक्रमण गरेका हुन् ।
आक्रमणमा परी प्रदेशसदस्य सिँहलाई बढी चोट लागेको आचार्यले जानकारी दिनुभयो । चन्द कार्यक्रताले दुवै नेताको मोबाइल फोन कब्जामा लिएका बताइएको छ । विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड कालीमाटीबाट लेखमसम्मको बाटोमा हिँड्न नदिएको बताइएको छ । प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ ।