छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा : अध्यक्ष दाहाल
न्युजभित्तो/५ कार्तिक २०७६, मंगलवार २१:५४
पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।
“चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याइएको छ”, पाँचथरको फिदिममा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकको सम्बन्ध थप विस्तारित एवम् सुदृढ भएको छ ।”
अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपालको विकासमा देखाउनुभएको तत्परताबाट नेपालले ठूलो फाइदा उठाउन सक्ने बताउँदै नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालन एक सामान्य कुरा नभइ सम्बन्धलाई नयाँ चरणमा पुर्याउने घटना भएको उल्लेख गर्नुभयो ।
सङ्क्रमणकालीन मुद्दा टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले हिजो मात्रै सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुङ्ग्याउने विषयमा समझदारी भएको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपाको एकताको काम अन्तिमचरणमा पुगेको उल्लेख गर्दै चाँडै प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम आयोजना गरी पार्टी नयाँ अभियानमा जाने बताउनुभयो । यस सम्बन्धमा हिजो प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत कुराकानी भएको उहाँको भनाइ छ ।
पत्रकारहरुको जिज्ञासामा उहाँले मन्त्री हेरफेर गर्ने विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको बताउनुभयो ।
अध्यक्ष दाहालले सरकार संवैधानिक समस्यामा नपर्न कानून र ऐन निर्माणमा केन्द्रीत हुँदा पहिलो वर्ष विकास निर्माणलगायत समग्र पक्षमा ध्यान पुर्याउन नपाएको बताउँदै उक्त आधार वर्षलाई टेकेर सरकार नयाँ जोश र जागरसहित अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।