सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छुः प्रधानमन्त्री प्रचण्ड


  •    न्युजभित्तो/८ फाल्गुन २०८०, मंगलवार १५:५९ 
  • काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चीरकालसम्म स्मरण गर्नेगरी सो जिल्लाको विकासमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले गोरखाको विकासमार्फत् आफू निर्वाचनका लागि गोरखा गएको औचित्य पुष्टि गर्ने स्पष्ट गर्नुभएको हो ।

    उहाँले भन्नुभयो “यसपटक नीतिगत निर्णय र बजेट बिनियोजनको कमाण्ड लिएको छु, गोरखा मेरो उच्च प्राथामिकतामा छ । सबैले महसुस गर्नेगरी काम गर्ने मेरो योजना छ ।” उहाँले जनताका अपेक्षा धेरै भएको भन्दै गोरखाको विकासमा चाहेजति ध्यान दिन नसकेको पनि उल्लेख गर्नुभयो ।

    बिगतमा समयको दबाबले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै उहाँले यसपटक भने आफूले गोरखालाई उच्च प्राथामिकतामा राखेको दोहो¥याउनुभयो । उहाँले आँपपिपल अस्पतालको क्षमताअभिबृद्धिका लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको जानकारी गराउँदै केही दिनभित्र बुढीगण्डकी आयोजना शिलन्यास हुने जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो “बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि स्रोतको सुनिश्चितता भइसकेको छ । अब केही दिनभित्रै शिलन्यास हुन्छ । यसले पनि गोरखामा मात्रै नभइ मुलुकमा नै केही राम्रो काम हुँदैछ भन्ने सन्देश जानेछ ।” उहाँले हाल बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनका लागि गम्भीर छलफल भइरहेको जानकारी गराउँदै रुग्ण उद्योगहरु सञ्चालनका लागि अध्ययन भइरहेको बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले कृषि क्याम्पस र कृषि तथा प्रविधिपार्क निर्माण गर्ने सोचमा आफू रहेको सुनाउनुभयो । उहाँले केही समयअघि भएको आफ्नो चीन भ्रमणका क्रममा पनि यस विषयमा छलफल भएको जानकारी गराउनुभयो ।

    उहाँले भन्नुभयो “चीनमा राँगा र भैँसीको मासुको माग उच्च रहेछ । गोरखामा नै यस्तो केन्द्र निर्माण गर्नुपर्छ भन्ने मेरो सोच छ । रामपुरमा बनाउने कुरा पनि भएको थियो तर मेरो प्राथामिकता गोरखामा नै छ । यसतर्फ म लागिरेहेकै छु ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.