सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वनको रुख कटानमा भ्रष्टाचार आरोपमा राप्रपाका प्रदेश सांसदसहित १९ जनाविरुद्ध मुद्दा दायर


  •    न्युजभित्तो/८ फाल्गुन २०८०, मंगलवार १४:३६ 
  • काठमाडौं, ८ फागुन । राप्रपाका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। कपिलबस्तुको गौतम बुद्ध साझेदारी बनको रुख कटानमा अनियमितता गरेको आरोपमा सांसद यादवसहित १९ जनाविरुद्ध अदालतमा मंगलबार मुद्दा दायर भएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्कीलगायतलाई प्रतिवादी बनाएको छ। हाल प्रदेश सांसद रहेका यादव गौतमबुद्ध साझेदारी वन ब्यवस्थापन समितिका तत्कालिन अध्यक्ष थिए।

    ६ वटा कटान प्लटको ३७ हजार क्यु फिट काठ निकाल्ने ठेक्का स्विकृत भएकामा व्यवस्थापन समिति र वन कर्मचारीको मिलेमतोमा केही काठहरु स्थानीय समिललाई विक्री गरेर अनियमितता गरेको आरोप लगाइएको छ।

    कटान गरिएका रुखबाट कम परिमाणमा काठ उत्पादन भएको देखाएर करिब २९ लाख रुपैयाँ हिनामिना भएको अख्तियारको दावी छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.