सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३ सरकारले कृषिमा २४ करोड लगानी गर्ने, प्रस्तावसमेत मागियो


  •    न्युजभित्तो/४ कार्तिक २०७६, सोमबार १६:५३ 
  • हेटौँडा । प्रदेश नं ३ सरकारले पशुपालन तथा मत्स्य विकासका लागि चालू आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा रु २४ करोडभन्दा बढी लगानी गर्ने भएको छ ।

    प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पशुपक्षी तथा मत्स्य विकास कार्यक्रममा साझेदारीका लागि कृषक समूह, सहकारी र निजी क्षेत्रलाई आह्वान गरेको छ । कृषि, पशुपक्षी तथा मत्स्यसम्बन्धी जिल्लाबाट सञ्चालित कार्यक्रम कार्यान्वयन कार्यविधि नै बनाएर मन्त्रालयले साझेदारीका लागि प्रस्ताव आह्वान गरेको छ । प्रदेशको पशुपक्षी विकास तथा मत्स्य विकास निर्देशनालयले ११ कार्यक्रममा रु २४ करोड २५ लाख लगानी गर्ने गरी प्रस्ताव माग गरेको छ ।

    निर्देशनालयले आह्वान गरेको प्रस्तावअनुसार काठमाडौँ, सिन्धुपाल्चोक र चितवनमा बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयनका लागि शत प्रतिशत साझेदारी गर्नुपर्ने छ । उक्त कार्यक्रमका लागि निर्देशनालयले अधिकतम रु ४० लाख छुट्याएको जनाएको छ । चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा पाडापाडी पालन कार्यक्रमका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी बजेट छुट्याएको छ ।

    त्यस्तै चितवन, सिन्धुपाल्चोक, रामेछाप र धादिङका छ स्थानमा बृहत्तर शाखा अनुसन्धान विस्तार तथा विकास कार्यक्रमका लागि रु ५० लाख लगानी गर्ने प्रदेशको योजना छ । त्यसैगरी कृषि र पर्यटनको प्रवद्र्धनका लागि नमूना कालीज तथा स्थानीय जातका कुखुरापालन गर्नका लागि रु २५ लाखसम्मको साझेदारी गरिने मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो ।

    चितवन र काभ्रेपलाञ्चोकमा पशुआहार उद्योग स्थापनाका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी सरकारले रु एक करोड लगानी गर्ने भएको पाण्डेको भनाइ छ । दोलखामा सामूहिक गाईपालनका लागि रु २० लाख लगानीका लागि प्रस्ताव आह्वान गरिएको छ । चितवन, मकवानपुर, सिन्धुली र रामेछापमा साझेदारीमा मत्स्य विस्तार तथा विकास कार्यक्रमका लागि पनि प्रतिहेक्टर रु पाँच लाख लगानी गर्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.