सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँसबारी जग्गा घोटाला : चौधरीलाई दुई दिनमै छुटाउने न्यायाधीश आचार्यको मुगुमा काज सरुवा


  •    न्युजभित्तो/२९ माघ २०८०, सोमबार १०:४५ 
  • काठमाण्डु, २९ माघ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा गरिएको छ ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बाँसवारी छाला तथा जुत्ता कारखाना जग्गा विवादमा आदेशगर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई कारबाही स्वरुप मुगुमा काज सरुवा गरेका हुन्।

    सरकारी स्वामित्वको १० रोपनी जग्गा विनोद चौधरीको च्याम्पियन फुटवेयर कम्पनीका नाममा गरिएको गैरकानुनी नामसारीमाथिको अनुसन्धानमा पक्राउ परेका अरुण चौधरी,अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई न्यायाधीश आचार्यको इजलासले दुई दिनमा हाजिरी जमानीमा छाडन् आदेश दिएको थियो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले अनुसन्धान गरिरहेका समयमा न्यायाधीश आचार्यले पक्राउ परेका तीनैजनालाई दुईदिनमा रिहागर्न आदेश गरेका थिए । उनको आदेशउपर गम्भीर कैफियत जनाउँदै न्यायाधीश आचार्यलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरिएको स्रोतको दाबी छ ।

    मुगुका न्यायाधीश रमाकान्त अधिकारीलाई भने सिन्धुली ल्याइएको छ। जग्गा घोटालामा पक्राउ परेकाहरुलाई दुई दिनभित्र अनुसन्धान टुंग्याएर थुनामुक्त गर्न आदेश दिइएपछि न्यायाधीश आचार्य विवादमा तानिएका थिए ।

    बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले अनुसन्धानका लागि सांसद विनोद चौधरीलाई बोलाउने तयारी गरिरहेका बेला न्यायाधीश आचार्यले पक्राउ परेकाहरुलाई दुई दिनभित्र अनुसन्धान टुंग्याएर थुनामुक्त गर्न आदेश दिएका थिए ।

    अनुसन्धानका क्रममा बाँसबारीको सरकारी जग्गा हडपेको आरोप लागेका च्याम्पियन फूटवेयर कम्पनीमा त्यो बेला कांग्रेसका सांसद समेत रहेका अर्बपति विनोद चौधरीको समेत अरुणसरह नै शेयर हिस्सा रहेकाले उनलाई पनि बयानमा बोलाउने सीआईबीको तयारी थियो । बयानका लागि सीआईबीले बोलाउने तयारी गरिरहेका बेला उनी दिल्लीतिर लागेका छन् । आफूमाथिको अनुसन्धान रोक्न उनले विभिन्न शक्तिकेन्द्रबाट दबाब दिइरहेको सीआईबी स्रोतले बताएको थियो ।

    चौधरीको नाममा २०० कित्ता शेयर देखिएपछि सीआईबीले उनीसँग बयान लिने तयारी थालेको थियो । ‘जग्गा हत्याउने मुख्य योजनाकार नै विनोद भएको अनुसन्धानबाट देखिन्छ ।हामीले हिजोका दिनमा मन्त्री र पूर्व प्रधानमन्त्रीको समेत बयान लिएका छौं । जतिसुकै दबाब आए पनि हामी उहाँको बयान लिएर छाड्छौं,’ सीआईबीको उच्च स्रोतले काठमाण्डुपाटीलाई भन्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.