सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपत्यकापछि पहिलोपटक टीभीएस रोनिन र अपाचीको विशेष संस्करण चितवनमा सार्वजनिक


  •    न्युजभित्तो/२८ माघ २०८०, आईतवार १९:०२ 
  • भरतपुर,२८ माघ । दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधन निर्माता टिभिएस मोटर कम्पनीका उत्पादनको रोनिन २२५ सिसी र टीभीएस अपाची ‘आरटीआर १६० भी फोर एफआई’ को विशेष संस्करणको भरतपुरमा सार्वजनिक गरिएको छ  । टीभीएसको आधिकारिक बिक्रेता भरतपुरको लाइन्सचोकमा रहेको मालाश्री मोटर्स कम्पनीले आइतबार एक कार्यक्रम गर्दै उपत्यका बाहिर पहिलोपल्ट चितवनमा टीभीएस रोनिन र अपाचीको विशेष संस्करण सार्वजनिक गरेको हो ।

    मोटरसाइकल सार्वजनिक कार्यक्रममा बोल्दै मालाश्रीका प्रोपाइटर सरोज अर्यालले २०६५ सालदेखि हालसम्म टिभीएसका विभीन्न मोडलका मोटरसाइकल विक्री गर्दै आएको उल्लेख गर्दै हाल ‘प्रीमियम सेगमेन्ट’को मोटरसाइकल लिएर आएको बताउनुभयो । ‘टिभएस मनपराउने सबैजनाको लागि यो एउटा राम्रो विकल्प हुन सक्छ । ’ उहाँले भन्नुभयो ।

     

    यस्तै मोटरसाइकलबारे जानकारी दिर्दै जगदम्बा मोर्टस प्रालीका प्रशान्तराज भण्डारीले टिभिएस रोनिन अपाचीको विशेष संस्करण स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको बताउनुभयो  । रोनिनको दुई सय २५ सिसीको मोटरसाइकलको तौल एक सय ६० केजी रहेको र यसले यसले २०.४ पिएस पावर उत्पादन गर्नुका साथै १९.९३ एनएम टर्कले मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर–टु–वेट रेसियो बनाउने उल्लेख गर्नुभयो  ।दुवै बाइकमा क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबिएस मोड, ग्लाइड टेक्नोलोजी (जिटिटी) र भ्वाइस र राइड सहायतासहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसनजस्ता प्राविधिक सुविधा रहेको उहाँको भनाइ छ ।

    टिभिएस रोनिन नेपाली बजारमा मूल्य चार लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको समेत उहाँको भनाइ थिया । मोटरसाइकल सार्वजनिक कार्यक्रममा चितवन अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष राजन पिया, चितवन अटोमोबाइल्स रिकण्डीसन चितवनका अध्यक्ष दिपक खड्का लगायतको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.