सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मर्यादित र नागरिक मैत्री बनाउने उदेश्यले भरतपुरमा तीन दिने पुर्नताजगी तालिम सुरु


  •    न्युजभित्तो/२८ माघ २०८०, आईतवार १६:४३ 
  • चितवन, २८ माघ । भरतपुर महानगरपालिकाले न्याय क्षेत्रलाई थप मर्यादित र नागरिक मैत्री बनाउने उदेश्यले मेलमिलापसम्बन्धी तीनदिने पुर्नताजगी तालिम सुरु गरेको छ ।

    महानगरपालिकाका २९ वटा वडाका मेलमिलापकर्ताहरुबाट नागरिकका गुनासो तथा सेवा प्रवाहलाई सुल्झाउन थप सहयोग पुगोस् भन्ने हेतुका साथ तालिमको आयोजना गरिएको हो ।

    तालिमको उद्घाटन गर्दे महानगरका उपमेयर चित्रसेन अधिकारीले न्यायिक क्षेत्रमा भरतपुर महानगरपालिकालाई देश कै उत्कृष्ट बनाउने गरी काम भइरहेको उल्लेख गरे । देशका ७५३ स्थानीय तहहरु मध्येमा भरतपुर महानगरपालिकालाई उत्कृष्ट बनाउने लक्ष्यका साथ सेवा प्रवाह भइरहेको उनको दाबी छ ।

    ‘महानगरपालिकालाई नागरिकका गुनासो रहित बनाउने गरी काम भइरहेको छ’ उनले भने, ‘महानगरको न्यायिक समितिले अहिले आम नागरिकका पक्षमा वकालत गरिरहेको पनि जीकिर गरे । मेलमिलाप अहिलेको आवश्यकता हो’ उपमेयरले भने, ‘वडा तह बाटै मेलमिलाप नभएसम्म नागरिकहरुले न्यायको श्वास फेर्न सक्दैनन् ।’ उद्घाटन कार्यक्रममा सामान्य प्रशासन महाशाखा प्रमुख उपेन्द्रराज पौडयालले यस्ता खालका तालिमले नागरिकका गुनासोलाई फुकाउन मद्दत पु¥याउने बिश्वास व्यक्त गरे ।

    तालिमलाई महानगरपालिकाले दुई चरणमा बिभाजन गरेर सुरु गरेको कानुनी मामिला शाखाका प्रमुख सुरज पौडेलले बताए । पहिलो चरणमा महानगरपालिकाको १० वटा वडाका मेलमिलाप कर्ताहरुको सहभागिता रहेको छ । वडा न ५, ६, ७,८,१०,११,१२,१३,१५ र २९ का मेलमिलाप कर्ताहरुले तालिममा भाग लिएका छन् । त्यस्तै दोस्रो चरणमा बाँकी रहेका वडाका मेलमिलाप कर्ताहरुलाई सहभागी गराइने छ । तालिममा कविता अधिकारी र बन्धुराज पौडेलले प्रशिक्षण दिनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.