सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेमसंघ महानगर कमिटीमा सम्झना शर्माको नेतृत्व


  •    न्युजभित्तो/२३ माघ २०८०, मंगलवार १९:५० 
  • भरतपुर । अखिल नेपाल महिला संघ भरतपुर महानगर कमिटीको दोस्रो महानगर सम्मेलनले भरतपुर–५ की सम्झना शर्माको अध्यक्षतामा ५१ सदस्यीय महानगर कमिटी चयन गरेको छ ।कमिटीकी अध्यक्ष किरणकुमारी अधिकारीको अध्यक्षता र नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् अनेमसंघ जिल्ला इन्चार्ज सरस्वती विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले कमिटीको उपाध्यक्षद्वयमा भरतपुर ११ की तुलमाया गुरूङ र भरतपुर १२ की विमला भट्टराईलाई चयन गरेको छ ।

    त्यस्तै कमिटीको सचिवमा भरतपुर २ की रुपा पिया, सहसचिवमा भरतपुर १८ की लक्ष्मी शर्मा र कोषाध्यक्षमा भरतपुर ८ की सरस्वती पन्त चयन भएका छन् ।

    सम्मेलनमा नेकपा एमाले केन्द्रीय सदस्य प्रभा बराल, प्रदेश कमिटी पूर्व सचिव विजय सुवेदी, प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुर्तेल, जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमल पाठक, भरतपुर महानगर अध्यक्ष शंकर थपलियालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

    सचिव विमला भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सम्झना शर्माले स्वागत गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.