मेडिकल काउन्सिलद्वारा एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण
न्युजभित्तो/४ कार्तिक २०७६, सोमबार ०७:४३
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो ।
काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ । काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले एमबिबीएसको १०० र बिडीएसको ५०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबीएसको ६५, काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेलले एमबिबीएसको ८५ र बिडीएसको ५०, नोबेल मेडिकल कलेजले एमबिबीएसको १०० र बिडीएसको ३५ सिट प्राप्त गरेका छन् ।
यसैगरी विराट मेडिकल कलेजले एमबिबीएसको ७५, काठमाडौँ मेडिकल कलेजले एमबिबीएसको १०० र बिडीएसको ५०, नेपाल मेडिकल कलेजले एमबिबीएसको १०० र बिडीएसको ५०, कलेज अफ मेडिकल साइन्सेसले एमबिबीएसको १०० र बिडीएसको ५० र लुम्बिनी मेडिकल कलेजले एमबिबीएसको १००, नेपालगञ्ज मेडिकल कलेजले एमबिबीएसको १००, मनिपाल मेडिकल कलेजले एमबिबीएसको १००, देवदह मेडिकल कलेजले एमबिबीएसको ५० र कान्तिपुर डेन्टल कलेजको बिडीएसमा ५० सिट सङ्ख्या निर्धारण गरिएको काउन्सिलले जनाएको छ ।
नयाँ शुल्क निर्धारण
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको थियो । आयोगको असोज १ र ३० गते बसेको बैठकले नयाँ शैक्षिकसत्र २०७६/७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबीएस र बिडीएस कार्यक्रमका लागि फरक–फरक शुल्क निर्धारण गरेको थियो । उपत्यकाभित्र एमबिबीएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको थियो । त्यसैगरी, बिडीएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि एमबिबीएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडीएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो ।