सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खाली सिसिमा पनि ठेकेदार लगाएर कर उठाउँछ नगरपालिका


  •    न्युजभित्तो/३ कार्तिक २०७६, आईतवार ११:४९ 
  • चितवन । चितवनको खैरहनी नगरपालिकाले दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरुले विरोध गरेका छन् । आन्तरिक राजस्व कार्यालयलाई १३ प्रतिशत राजस्व तिरिरहेको अवस्थामा खैरहनी नगरपालिकाले समेत प्रत्येक सामानमा कर लिने गरेको भन्दै व्यव‘सायीहरुले विरोध गरेका हुन् ।

    व्यवसायीहरुले दोहोरो कर बन्द गर, व्यावसायिक वातावरण सिर्जना गर जस्ता नारासहितको प्लेकार्ड बोकेर शनिबार विरोध प्रदर्शन गर्दै पर्सा बजार परिक्रमा गरेका छन् । चितवन कवाडी व्यवसायी संघका अध्यक्ष शंकर केसीका अनुसार नगरपालिकाबाट ठेक्का लिएर ठेकेदारले प्रति बोत्तल एक रुपैयाँ, प्रतिकिलो फलाममा दुई रुपैयाँ, प्रति किलो टिनमा एक रुपैयाँ शुल्क लिने गरेका छन् ।

    कवाड व्यवसायीले सरकारलाई भ्याट, नगरपालिकालाई व्यावसायिक कर तथा साना तथा घरेलु उद्योग कार्यालयमा पनि कर तिर्दा समेत नगरपालिकालाई थप कर तिर्नुपरेपछि आफूहरुले व्यवसाय गर्ने वातावरण नभएको केसीले बताए । नगरपालिकाबाट ठेकेदारले उठाउने शुल्क खारेज हुनुपर्ने केसीको भनाइ छ ।

    व्यवसायी सुधामा साहले ट्रकमा सामान लोड गरेर पठाउँदा आफूले ठेकेदारलाई छुट्टै कर तिरेको गुनासो गरे । १० टन फलाम बिक्री गर्दा १३ प्रतिशत कर राजस्वमा बुझाए पनि नगरपालिकालाई छुट्टै २० हजार रुपैयाँ शुल्क बुझाउन बाध्य भएको साहले बताए । आफूहरु दोहोरो करको मारमा परेको भनेर खैरहनी नगरपालिकामा जाँदा समेत हप्काइ खानुपरेको व्यवसायीहरुको गुनासो छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.