सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपाङ्गता भएका बालबालिकाको सहयोगका लागि नारायणी महोत्सव हुने


  •    न्युजभित्तो/३ कार्तिक २०७६, आईतवार ११:३४ 
  • चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ आगामी कात्तिक १५ गतेदेखि नारायणगढमा ‘नारायणी महोत्सव २०७६’ हुने भएको छ । अपाङ्गता भएका बालबालिकाहरुको लागि काम गर्दै आएको संस्था रेविका बाल प्रतिष्ठानले आयोजना गरेको महोत्सव कात्तिक २५ गतेसम्म नारायणी नदी किनारमा हुनेछ ।

    भरतपुर २ क्षेत्रपुरमा रहेको प्रतिष्ठानमा रहेका अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ महोत्सव गर्न लागिएको प्रतिष्ठानले जानकारी दिएको छ । संस्थाका व्यवस्थापक रोशन राजकर्णिकारका अनुसार महोत्सवमा तीन सय वटा व्यावसायिक स्टलसहित पिङ, डुङ्गालगायतका मनोरञ्जनात्मक खेलहरु समेत समावेश गरिनेछ । महोत्सवलाई थप आकर्षक बनाउनका लागि बद्रि पङ्गेनी, प्रमोद खरेल, प्रकाश सपुत, शिव परियार, ज्योति मगर, प्रिती आले, रामजी खाँण, दुर्गेश थापा, कुलेन्द्र विश्वकर्मा, रमेशराज भट्टराईसहित ३५ जना भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने राजकर्णिकारले बताए ।

    महोत्सवलाई पूर्ण रुपमा सुरक्षित बनाउनका लागि महोत्सव परिसरमा सिसि क्यामेरा जडानसहित सम्पूर्ण व्यावसायिक स्टलको बीमा गरिने राजकर्णिकारको भनाइ छ । महोत्सवबाट एक करोड रुपैयाँ आम्दानी गर्ने तथा महोत्सव सञ्चालनका लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको रेविका बाल प्रतिष्ठानका अध्यक्ष रुवि थापाले बताइन् ।

    महोत्सवको स्टलहरु बुकिङ खुला गरिएको र महोत्सवको दैनिक १० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको थापाले बताइन् । शारीरिक रुपमा असक्त भएका २५ जना बालबालिकाहरु प्रतिष्ठानमा राखिएको उल्लेख गर्दै महोत्सवबाट भएको बचतबाट उनीहरुको शिक्षा, दीक्षामा खर्च गर्ने थापाले बताइन् ।

    महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने प्याकेजमा टिकट खरिद गर्नेलाई विशेष छुट रहेको थापाले बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.