कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या गर्ने तीन पक्राउ
न्युजभित्तो/१५ पुष २०८०, आईतवार १२:३२
दाङ, १५ पुस । दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसी शव कोइलाखानीको सुरूङमा भेटिएको थियो ।
बंगलाचुली गाउँपालिका(४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा मृत भेटिएका केसीको हत्या भएको खुलेको हो। घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार केसीको हत्यामा संलग्न तीन जनालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको छ भएपनि अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको छ।
स्रोतका अनुसार केसीको हत्या गरी कोइलाखानीको सुरूङ मार्गमा लुकाएर ति तीन व्यक्तिहरू भारत भागेका थिए।