बालकुमारी घटनामा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
न्युजभित्तो/१३ पुष २०८०, शुक्रबार १६:४४
काठमाडौं, १३ पुस । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा अर्का एक युवकको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत गम्भीर घाइते युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको हो । यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।
ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएका थिए ।
ईपीएस आन्दोलनकारी यूवाहरुले मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए ।
बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोकेर गाडीमा आगजानी गरेका थिए । ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन सुरु गरेका थिए । युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।