सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनले विकासमा देशलाई नेतृत्व गर्नुपर्छ : अध्यक्ष प्रचण्ड


  •    न्युजभित्तो/३० आश्विन २०७६, बिहीबार २१:१७ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनले देशको विकासमा नमूना प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभएको छ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य सङ्घले आजदेखि पूर्वी चितवनमा आयोजना गरेको प्रथम राप्ती महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले देशको केन्द्रविन्दुमा रहेको यस जिल्लाले विकासमा देशलाई नेतृत्व गर्नुपर्ने बताउनुभएको हो ।

    विकासका लागि चितवनमा प्रचुर सम्भावना रहेको बताउँदै उहाँले भन्नुभयो “विभिन्न आन्दोलनमा चितवनले खेलेको भूमिकालाई महसुश हुने गरी विकास गर्नुपर्छ ।” उहाँले थप्नुभयो, “देशलाई यस जिल्लाले विकासको नमूना देखाउनु जरुरी छ ।” अहिले सरकारले देशलाई समृद्धिको यात्रातर्फ अघि बढाएको बताउँदै उहाँले यस्ता मेला महोत्सवले त्यसमा सहयोग पुर्याउने बताउनुभयो ।

    फरक प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले भरतपुरको गोन्द्राङमा रहेको सडक दस्तुर सङ्कलन केन्द्र (ढाट) स्थानान्तरणका लागि सरकारसँग आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै जिल्लावासीले पनि कर तिर्नुपर्ने यो विडम्बना हटाउन प्रयत्न गर्छु ।” चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका दाहालले जिल्लामा धान खेतीमा देखिएको समस्या समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले सरकार देशको विकासका लागि पञ्चवर्षीय योजनाका साथ अघि बढेको बताउनुभयो । सरकारको लक्ष्य प्राप्तिका लागि जनता र राजनैतिक दलहरुले सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । यसका लागि देशमा सुशासन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “सुशासनका लागि दल र जनताको सहयोग आवश्यक छ ।” औद्योगिकरण बिना देशमा समृद्धि सम्भव नभएको भन्दै उहाँले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रथामिकता दिनु आवश्यक रहेको बताउनुभयो ।

    पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको व्यापार घाटा घटाउनका लागि स्वदेशी उद्योगलाई प्रथामिकता दिन आवश्यक रहेको बताउनुभयो । यसका लागि राज्यले व्यवसायमा कर छुटको अवधारणा ल्याउनु आवश्यक रहेको उहाँको भनाइ थियो । अहिले पनि नेपालले ८० प्रतिशतसम्म व्यापार घाटा बेहोरी रहेको उहाँले जानकारी दिनुभयो ।

    प्रदेश नं ३ का कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामाले जिल्लाको उत्पादनलाई चिनाउन यसखालका मेला महोत्सव प्रभावकारी हुने बताउनुभयो ।

    सो अवसरमा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले बोल्नुभएको थियो । राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार कँडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । आजदेखि शुरु भएको प्रथम राप्ती महोत्सव आगामी कात्तिक ९ गतेसम्म चल्ने छ । महोत्सवमा २५० स्टल रहेका छन् । एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो महोत्सवमा रु पाँच करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष कँडेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.