सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्पपीडितलाई सहयोग


  •    न्युजभित्तो/११ पुष २०८०, बुधबार १५:५४ 
  • काठमाडौँ, ११ पुस । मानवसेवा आश्रमको सहजीकरण र आनी छोइङ डोल्मा फाउन्डेसनले भूकम्पपीडितलाई आज रू २० लाख बराबरका खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । गत कात्तिक १७ जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितलाई आज फाउन्डेसनले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो ।

    भूकम्प प्रभावित दुई सय ५० घरधुरीलाई प्रतिपरिवार एक बोरा चामल, पाँच किलो दाल, दुई किलो सोयाबिन, दुई किलो नुन र दुई लिटर तेलसहित न्यानो ब्ल्याङ्केट वितरण गरिएको । त्यस्तै चार सय बालबालिकालाई न्यानो कपडासहित जुत्ता वितरण गरिएको छ ।

    भौगोलिक विकटताका कारण भूकम्प गएको दुई महिना बितिसक्न लाग्दासमेत जाजरकोटको ध्यार गाउँमा कुनै पनि सरकारी तथा गैरसरकारीतर्फबाट राहत प्राप्त हुन नसकेको अवस्थामा उक्त सहयोगले कष्टपूर्ण जीवन बिताइरहेका भूकम्पपीडितलाई राहत पुग्ने आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले बताउनुभयो ।

    गायिका तथा समाजसेवी आनी छोइङ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, कर्णाली प्रदेश संयोजक सञ्जिता गौतमलगायतको टोलीले राहत वितरण गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.