सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्येष्ठ नागरिकलाई लक्षित गरी आकासे पुलमा लिफ्ट राख्दै काठमाडौँ महानगरपालिका


  •    न्युजभित्तो/११ पुष २०८०, बुधबार १३:४८ 
  • काठमाडौँ, ११ पुस । काठमाडौँ महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ । उक्त पुलको दुवैपट्टी एकरएक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुरुप प्रयोग गर्न सक्नेछन् ।

    लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार लिफ्टमा एक पटकमा आठ जनाले सेवा लिन सक्नेछन् ।

    आकासे पुलमा लिफ्ट राख्नका लागि कामपाले चालु आर्थिक वर्षमा रू पाँच करोड विनियोजन गरेको छ । चालु आवको नीति कार्यक्रम र बजेटमा व्यवस्था भएअनुरुपनै कामपाले उक्त स्थानमा लिफ्ट राख्ने तयारी गरेको जनाएको छ ।

    लिफ्टका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको जनाउँदै आगामी साता निर्माणका लागि सार्वजनिक सूचना आउने ट्राफिक विज्ञ सल्लाहकार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार लिफ्ट राखिसकेपछि त्यसको संरक्षण र रेखदेख गर्नका लागि कामपाले केही स्वयम्सेवक राख्ने तयारी गरेको छ ।

    कामपाले चालु आवमा सडक सुरक्षाका लागि बस बिसौनी निर्माण, बसको रुट मिलाउने, सडकबत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन, पेट्रोल पम्पको व्यवस्थापन, सडक सङ्केत तथा चिन्ह व्यवस्थापनलगायत काम गर्ने जनाएको छ ।

    यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसको समय निर्धारण, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि कामपाको तयारी छ ।

    सल्लाहकार श्रेष्ठले सडकमा सङ्केत चिन्ह मिलाउन तत्काल काम थाल्नुपर्ने बताउनुभयो । यस्ता चिन्ह आधिकारिक निकायले अध्ययन गरेर मात्र राख्नुपर्ने भएकाले कामपाले अध्ययनको गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सडक चिन्ह देखिने, स्पष्ट, बुझ्न सजिलो हुने तथा प्रोत्साहन दिने खालका हुनुपर्दछ । चालु आवमा कामपाको अधिकारक्षेत्रमा पर्ने यातायात क्षेत्रको सुधारका लागि रू ४४ करोड छुट्याइएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.