सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चेपाङ बालबालिकाले पाए दिवा खाजा र न्यानो कपडा


  •    न्युजभित्तो/९ पुष २०८०, सोमबार १४:३९ 
  • चितवन, ९ पुस । चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिकाका लागि दिवा खाजा खुवाउन थालिएको छ ।

    ‘दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा’ शीर्षकमा राष्ट्रिय समाचार समिति ९रासस० ले पुस ५ गते समाचार प्रकाशन गरेपछि खाजा खुवाउन थालिएको हो । समाचार प्रकाशित भएपछि नगरपालिकाको निर्देशनमा विद्यालयले बालबालिकालाई डेढ महिनापछि खाजा दिन थालेको छ ।
    शिक्षक रामलाल चेपाङले बालबालिकाका लागि दिवा खाजा नियमित दिन थालिएको बताउनुभयो ।

    “खाजा पाएपछि बालबालिका पनि खुसी भएका छन्, विद्यालय आउन छाडेकाहरु पनि आउन थालेका छन्”, उहाँले भन्नुभयो । खाजा पाएपछि बालबालिकाले पढाइमा पनि रुचि राख्ने गरेको शिक्षक चेपाङले बताउनुभयो । यस विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययनरत छन् । विद्यालयमा एक जना शिक्षकको व्यवस्था छ । उहाँले तीनवटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गर्नुभएको छ ।

    राष्ट्रिय आधारभूत विद्यालयको कक्षा ३ मा पढ्ने उर्मिला चेपाङ खाजा खान पाएको भन्दै खुसी हुनुभयो । उहाँले भन्नुभयो, “खाजा पनि खान पायौँ र नयाँ न्यानो कपडा पनि लगाउन पायौँ ।” समाचार पढेपछि बालबालिकाका लागि न्यानो कपडा सिन्धुपाल्चोकका युवाले उपलब्ध गराएका हुन् । सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका युवा सुनील श्रेष्ठ, सुशील श्रेष्ठ, अनिल श्रेष्ठ, समुन्द्र श्रेष्ठ र रोसन श्रेष्ठले आइतबार ३५ जना बालबालिकाका लागि न्यानो कपडा सुइटर र चप्पल वितरण गर्नुभयो ।

    राससले पुसको कठ्याङ्गिँदो चिसोमा विद्यार्थी थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेको समाचार र तस्बिर प्रकाशन गरेको थियो । सञ्चारमाध्यममार्फत समाचार हेरेपछि बालबालिकाका लागि सहयोग गरेको युवा व्यवसायी सुशील श्रेष्ठले बताउनुभयो । आवश्यक परेको खण्डमा विद्यालयलाई फेरि सहयोग गर्न तयार रहेको भन्दै उहाँले बालबालिकाले सहजरुपमा पढ्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।
    चेपाङ जातिको शैक्षिक विकासमा योगदान दिँदै आएका केपीकिरण शर्माले चेपाङ बालबालिका अध्ययनरत धेरै विद्यालयको अवस्था नाजुक रहेको भन्दै राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले चेपाङ बालबालिकालाई गाँस, बास र कपाससहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

    विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा हो । दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका–१० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् । विसं २०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी अध्ययन गरिरहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.