काठमाण्डौं, ६ पुस । नेपाल एग ट्रेडिङ्ग प्रा.लि.को अध्यक्षमा राजेन्द्र लामिछाने चयन हुनु भएको छ । कम्पनीको आज काठमाण्डौंमा सम्पन्न प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले लामिछानेको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।
कम्पनीको सञ्चालकहरुमा बिनोद पोखरेल, सुनिलकुमार शाक्य, गंगा भट्टराई, राजु अधिकारी, विवेक भट्ट, शिवजीप्रसाद कलवार र भेषराज अर्याल रहनु भएको छ ।
कम्पनीका संस्थापक अध्यक्ष शोभाकान्त ढकालको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रमा पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराई, नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेल, नवनिर्वाचित अध्यक्ष लामिछाने, नेपाल अण्डा उत्पादक संघका पूर्व अध्यक्ष त्रिलोचन कँडेल लगायतले अहिलेको पोल्ट्रीको अवस्थाको बारेमा प्रकाश पार्दै किसान र व्यवसायीहरु संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा डा.भट्टराईले विगत पाँच वर्षमा पोल्ट्री क्षेत्रमा देखिएको समस्याका बारेमा तथ्यगत रुपमा प्रकाश पार्नुभएको थियो । नेपालका विभिन्न जिल्लाहरुमा अण्डा उत्पादन गर्ने कृषक र व्यवसायीहरुले राजधानी लगायतका प्रमुख शहरहरुमा अण्डा बिक्रीका लागि गएको वैशाखमा यो संस्था स्थापना गर्नुभएको हो ।
नेपालमा पोल्ट्री व्यवसाय धरासायी बन्दै गएपछि अण्डा उत्पादन गर्ने ठूला किसानहरुले नेपाल लेयर्स कुखुरा पालक संघ स्थापना भएसँगै यो संस्था स्थापना भएको हो ।