सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बल्खुमा अप्सराको हत्या गरेर फरार ६ वर्षपछि पक्राउ


  •    न्युजभित्तो/५ पुष २०८०, बिहीबार १५:५१ 
  • काठमाडौं, ५ पुस । काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका ६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका हुन् ।

    ६ वर्षअघि भएको एउटा हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका २ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो ।

    प्रहरीले विश्वकर्मा र मुख्य योजनाकार रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लो पोखराका ४६ वर्षीय शिवराम अधिकारीलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो । अधिकारी भने यसअघि नै चोरी मुद्दामा जेलमा रहेका थिए ।

    प्रहरीले उनीहरूलाई मकवानपुरको मनहरी गाउँपालिका–३ ९साविक हाँडिखोला–६० की अप्सरा भनिने ५० वर्षीय नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

    उनी ०७४ पुस ३० गते मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले ०७४ पुस २९ गते राति १०–११ बजेको समयमा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको छ । अनुसन्धानका क्रममा हत्यामा उनीहरू दुवैजनाको संलग्नता रहेको खुलेको थियो ।

    शिवराम भने २०७९ साल कार्तिक २७ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा नै रहेको खुलेको थियो । प्रहरीले घटनाको अनुसन्धानपछि गएको साउन २४ गते पीडितको जाहेरी लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटीमा पठाएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.