सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक सहयोग


  •    न्युजभित्तो/४ पुष २०८०, बुधबार १४:१८ 
  • रुकुमपश्चिम, ४ पुस । भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासङ्घले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएका पत्रकारलाई बुधबार पत्रकार महासङ्घको केद्रीय टोलीले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा पुगरे रू चार लाखको चेक हस्तान्तरण गरेको हो ।

    महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकार महासङ्घका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई चेक हस्तान्तरण गर्नुभयो । प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक रुपमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले महासङ्घले सङ्कलन गरेको रकम हस्तान्तरण गरिएको महासचिव पुरीले जानकारी दिनुभयो । भूकम्प गएदेखि प्रभावित क्षेत्रमा खटिने पत्रकारको बारेमा जानकार रहेको बताउँदै उहाँले आउँदा दिनमा थप सहयोग गर्न महासङ्घ तयार रहेको बताउनुभयो ।

    प्रभावित क्षेत्रका पत्रकारको आवश्यकता आधारमा क्षमता विकास तालिम, आवश्यक समन्वय गर्न महासङघ सधैँ साथमा रहेको वरिष्ठ उपाध्यक्ष विष्टले बताउनुभयो । प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको पत्रकारिता पेसालाई थप अगाडि बनाउन यहाँबाट फर्केर महत्त्वपूर्ण निर्णय गर्ने उहाँको भनाइ थियो । उहाँका अनुसार प्रभावित पत्रकारलाई न्यायोचित ढङ्गले रकम वितरण गर्न पत्रकार महासङ्घ रकुम पश्चिमलाई आग्रह गरिएको छ ।

    महासङ्घबाट प्राप्त भएको रकम न्योयोचित ढङ्गले वितरण हुने जिल्ला अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार प्राप्त भएको रकम वितरण गर्न कार्यदल निर्माण गरिएको र कार्यदलको निर्णय अनुसार केही दिनभित्र वितरण गरिने छ ।

    महासङ्घको टोलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा समान रू चार÷चार लाख आर्थिक सहयोग गरेको जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.