सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाल यौन दुव्यर्वहारको घटना बढ्दो क्रममा


  •    न्युजभित्तो/२९ मंसिर २०८०, शुक्रबार १२:३७ 
  • चितवन, २९ मंसिर । जिल्लामा बाल यौन दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्र्यवहारका ३४ वटा घटनामा दुई बालक र ३२ बालिका परेका छन् ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० चितवन शाखाले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो तथ्याङ्कअनुसार जिल्लामा सन् २०२३ मा एक सय १४ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

    इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्लामा यस वर्ष जबर्जजस्ती करणीका घटना ४३, जर्बजस्ती करणीको प्रयासका घटना तीन, हत्या छ, बहुविवाह १३ र आत्महत्या दुरुत्साहनका आठवटा निवेदन परेका छन् । यस्तै मानव बेचबिखनका तीन, अपहरण, जातीय भेदभाव तथा बालविवाहका एक–एक निवेदन परेको उहाँले जानकारी दिनुभयो ।

    जिल्लामा गत वर्ष सन् २०२२ मा एक सय ६१ वटा घटना भएका थिए । सो वर्ष जबर्जस्ती करणीका ६६ वटा मुद्दा दर्ता भएका थिए । यस्तै जर्बजस्ती करणीको प्रयासका १६, हत्याका चार, बाल यौन दुव्र्यवहारका २४, बहुविवाहका २९, आत्महत्या दुरुत्साहनका नौ, मानव बेचबिखनका पाँच र अपहरणका दुईवटा मुद्दा दर्ता भएका थिए ।

    गत वर्ष निवेदन नपरेको जातीय भेदभाव र बालविवाहका निवेदन यस वर्ष परेको अधिकारीले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले परिबन्धमा परेर धेरै मानिस आपराधिक क्रियाकलापमा लाग्ने गरेको बताउनुभयो । बाल यौन दुव्र्यवहारका घटनामा बढी सङ्ख्यामा विद्यालय पढ्ने उमेरका बालबालिका पर्ने गरेका छन् । समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले विद्यालयमा पाठ्यक्रम बनाएर पढाउनेदेखि जनचेतनाका कार्यक्रमसम्म गर्दै आएको उहाँले जानकारी दिनुुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.