सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षण गरिँदै


  •    न्युजभित्तो/२८ मंसिर २०८०, बिहीबार १३:२७ 
  • चितवन, २८ मंसिर । चितवनमा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षणको काम सुरु गरिएको छ । भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो ।

    मङ्गलबारदेखि माटो परीक्षणको काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार जोनअन्तर्गत् आठ हजार ५४० हेक्टर जमिनमा धान खेती गरिएको थियो । यहाँको उत्पादन र उत्पादकत्व वृद्धि नभएपछि माटो परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

    सूचना अधिकारी ढुङ्गानाका अनुसार गत वर्ष ३९ हजार ८८२ मेट्रिकटन धान उत्पादन भएको थियो । यो प्रतिहेक्टर पाँच दशमलब दुई मेट्रिकटन उत्पादकत्व हो । यसवर्ष पनि सोही अनुपातमा धान उत्पादन भएकाले माटो परीक्षण गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो “धान उत्पादन दस प्रतिशतले वृद्धि हुनुपर्ने हो, तर हुन सकेन । कारण पत्ता लगाउन माटो परीक्षण गरिएको हो ।”

    जोन क्षेत्रमा रोगका किराको आक्रमण माटोका कारणले भएको हुनसक्ने देखिएपछि एक हजार ५० नमुना सङ्कलन गरेर परीक्षण सुरु गरिएको र जोनमा लगाइएको धानमा नेक व्लाष्ट ९घाँटी मरुवा०, सित ब्लाइट, कालोपोके र गबारोलाग्नेजस्ता समस्या देखापरेको थियो । यो समस्या माटोमा कुन तत्वको कमीले भएको हो भन्ने बिषयमा माटो परीक्षणबाटै जानकारी हुने उहाँले बताउनुभयो ।

    माटो परीक्षण गर्दा माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फसफोरस, पोटासको मात्रा कति छ र अम्लियपन वा छ्यारीयपन कति छ भन्ने पत्ता लगाइन्छ ।

    जिल्लामा धान जोन सुरु भएको चार वर्ष भएको छ । अन्य दुई वर्षमा उत्पादन र उत्पादकत्व वृद्धि राम्रो भए पनि यस वर्ष हुन नसकेको उल्लेख गर्दै सूचना अधिकारी ढुङ्गानाले भन्नुभयो, “धान जोन क्षेत्रमा सुरुवाती वर्ष उत्पादकत्व तीन दशमलब छ मेट्रिकटन प्रतिहेक्टर थियो ।धान जोनका रुपमा पूर्बी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका बिशेष रहेका छन् । ती पालिकाको राजमार्गभन्दा दक्षिण क्षेत्रको माटो परीक्षण गरिएको हो । माटो परीक्षणको नतिजा आउन केही समय लाग्छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.