सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेटौंडामा भोलि ‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ हुँदै


  •    न्युजभित्तो/२५ मंसिर २०८०, सोमबार १६:४३ 
  • हेटौंडा, २५ मंसिर । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका देश जान चाहने विद्यार्थीहरुका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले भोलि (मंगलबार) ‘एक्सपर्ट एजुकेशन फेयर–२०२३’ कार्यक्रम आयोजना गरेको छ ।

    एक्सपर्टको आफ्नै कार्यालय हेटौंडा–४ पारिजातपथमा विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म फेयर हुने एक्सपर्ट हेटौंडा शाखा प्रमुख अच्युत चालिसेले जानकारी दिए । उनका अनुसार फेयरको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

    फेयरमा अष्ट्रेलिया, युके, क्यानडा, न्यूजील्याण्ड र अमेरिकाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहने छ । पाँच देशका १७ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श दिने चालिसेले जानकारी दिए । ‘कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुबाट आफैले त्यहाँको शिक्षा र आवश्यक जानकारी लिन पाउने छन्, विद्यार्थी तथा अभिभावकहरुले मौकाको फाइदा उठाउनु होला’–चालिसेले भने । यस्तै फेयरमा ब्रिटिश काउन्सीलको प्रतिनिधि समेत उपस्थिति हुनेछन् ।

    अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएसरपीटीई कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.