सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज बालाचतुर्दशी, शतबीज छर्ने भक्तजनको भीड


  •    न्युजभित्तो/२५ मंसिर २०८०, सोमबार ११:२८ 
  • चितवन, २५ मङ्सिर । आज बालाचतुर्दशीको दिन देवघाटधाममा शतबीज छर्न आउने भक्तजनको भीड लागेको छ । देवघाट क्षेत्र विकास समितिले यसबर्ष शतबीज छर्न आइतबारदेखि नै ठूलो संख्यामा भक्तजन देवघाट आएको जनाएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाका अनुसार आइतबार दिउँसोबाट देवघाटमा भक्तजन आएका छन । रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको हो । उहाँका अनुसार चितवन र तनहुँतर्फ शतबीज छर्ने व्यवस्था गरिएको छ ।

    रातभर गण्डकी र त्रिशुलीको वेणिसंगममा ठूलो संख्यामा भक्तजनहरु दियो बालेर जाग्राम बसेको रानाले बताउनुभयो । बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन यहाँ आएर रातभर जाग्राम गर्ने परम्परा छ । भक्तजनको संख्या पछिल्ला वर्षको सबैभन्दा बढी हो । दिवगंत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्ने गरिन्छ । शतबीजमा धान, गहुँ, जौँ, हलेदो, सक्खरखण्डलगायत चिजबीज छर्ने परम्परा छ ।

    आजका दिन देवघाटधामको त्रिशूली र कालीगण्डकीको संगम वेणीमा शतबीज छर्नाले दिवंगत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ । देवघाट पवित्र तीर्थस्थल हो । ठूलो संख्यामा भक्तजन आउने भएकाले सुरक्षा, बत्ती, शौचालयलगायत व्यवस्थापनमा समितिले ध्यान दिएको अध्यक्ष रानाले बताउनुभयो । भक्तजनलाई नदीमा आवतजावत गर्नका लागि डुङगाको व्यवस्था गरिएको छ । आज विभिन्न शिव मन्दिर र नारायणी नदी किनारमा पनि सतबीज छर्नेको भीड लाग्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.