सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै


  •    न्युजभित्तो/२४ मंसिर २०८०, आईतवार १६:२७ 
  • चितवन, २४ मंसिर । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ । वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियोकलर जडान गरेर निगरानी गर्न लागेको हो ।

    विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिबाट बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको छ ।

    हात्तीलाई रेडियोकलर जडान गर्नका आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने गरी टोली खटाइएको छ । उनले भने, “हात्ती देखिएमा खबर गर्न निकुञ्ज आसपास बसोबास गर्दै आएका समुदाय र निकुञ्ज सुरक्षार्थ रहेका सेनाको पोष्टमा सूचना गरिएको छ ।” अरु हात्तीभन्दा चलाख भएकाले ध्रुवेलाई रेडियोकलर जडान गर्न कठिन भएको उनले बताए । हात्तीलाई खुल्ला चौर र घाँसे मैदानमा लगरे बेहोस् बनाइ यो कलर जडान गर्नुपर्ने भएकाले समस्या हुँदै आएको उनले जानकारी दिए ।

    यस हात्तीले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको पनि तिवारीले बताउनुभयो । ध्रुवेले विगतमा मानवीय क्षतिसमेत गरेको थियो । यसलाई रेडियोकलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दैछ भन्ने विषयमा निकुञ्जले सहजरुपमा निगरानी गर्न सक्ने छ ।

    उनले भने, “रेडियोकलर जडान गरेसँगै बस्ती पस्न लागेको भए जनतालाई सूचना गर्न सहज हुनेछ ।” यस हात्तीले अहिलेसम्म २० जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जकोे अनुमान छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.