सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला हिंसाविरुद्धको १६ दिने अभियान : ‘अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छ’


  •    न्युजभित्तो/२४ मंसिर २०८०, आईतवार १४:२३ 
  • कञ्चनपुर, २४ मंसिर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक बिनु शाही प्रायः दिनहुँ घरेलु तथा लैङ्गिक हिंसाका उजुरी हेर्दै व्यस्त छन् ।

    महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा जिल्लामा दातृ निकाय एवं सरोकारवाल निकायले सचेतनामूलक कार्यक्रम, गोष्ठी गरिरहँदा जिल्ला प्रहरी कार्यालय महिला सेलमा भने हिंसाका उजुरी नआएको दिन छैन ।

    “प्रायः दिनहुँ आइरहेका घटनामा घरेलु हिंसामा कुटपिट र लैङ्गिक हिंसा महिला तथा पुरुषहरू बाहिर सम्बन्ध राखेका, सामाजिक सञ्जालमार्फत अन्यत्र सम्बन्ध रहेकालगायतका घटना आइरहन्छन्”, उनले भने, “सोह्रदिने अभियानका क्रममा घरेलु हिंसाका पाँच र लैङ्गिक हिंसाका तीन उजुरी परेका छन् ।”

    उनले उजुरी परेकामध्ये पाँचवटा मिलापत्र र तीनवटामा कारबाही गरिएको बताए । “सामाजिक सञ्जालमा पनि लैङ्गिक हिंसाका घटना बढ्दै गएको देखन्छि”, प्रहरी निरीक्षक शाहीले भने, “कतिपय अवस्थामा युवाहरूले युवतीको विवाहपश्चात पनि फोटो, भिडियो परिवारसम्म पुर्याएर घटना घटाइरहेको अवस्था छ ।”

    उनले घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिने गरेको बताउनुभयो । “पारिवारिक सम्बन्ध बिग्रिने कुराले पनि परिवारका सदस्य यहाँ आएर मिलापत्रमै उजुरी टुङ्ग्याउन चाहन्छन्”, उनले भने, “कतिपय अवस्थामा जोहेरवालाको मागअनुसार कारबाही प्रक्रिया पनि अघि बढाएका छौँ ।”

    उनले युवा पुस्तामा साइबर क्राइमका मुद्दा बढिरहेको बताए । “घटना प्रहरीमा पुगेपछि परिवारकै सदस्यहरू आएर टुङ्ग्याएर जान्छन्”, उनले भन्नुभयो, “परिवारका सदस्यहरू पीडकलाई एक–दुई दिन थुनामा राख्नमै बढी उद्यत हुन्छन् ।”

    त्यसैगरी माइती नेपाल कञ्चनपुरमा कार्यरत कर्मचारी गीता डगौंराले महिला हिंसा उजुरी अभियानका क्रममा पनि नरोकिएको बताए । माइती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा १६ दिने अभियानका क्रममा सचेतनामूलक कार्यक्रमसमेत आयोजना गरेको छ । महाकाली नदीमा अवस्थित चार लेनको पक्की पुल क्षेत्रमा आयोजना गरिएको सचेनामूलक कार्यक्रममा दोधारा चादँनीका जनप्रतिनिधि र सुरक्षा निकयको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.