सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साँझ पर्न नपाई बस्ती छिर्ने हात्तीबाट ज्यान जोगाउन रातभर जाग्राम


  •    न्युजभित्तो/२२ मंसिर २०८०, शुक्रबार १५:४९ 
  • मोरङ, २२ मंसिर । साँझ पर्न नपाई बस्ती छिर्न थालेका जङ्गली हात्तीको बथानदेखि भाउन्नेका स्थानीय आतङ्कित बन्नुपरेको छ । दिनभरि नजिकै रहेको जङ्गलमा करिब तीन दर्जनको सङ्ख्यामा रहेका हात्ती साँझ आहाराका लागि बस्ती छिर्न थालेपछि स्थानीय त्रसित बन्नुपरेको छ ।

    बेलबारी नगरपालिका–१० भाउन्नेका तेजबहादुर दाहालले दश कट्ठा जमिनमा लगाएको मकै हात्तीले सोत्तर बनाएको छ । “राति सुत्न पाएका छैनौँ, हात्ती धपाउँदै रात बित्छ”, दाहालले भन्नुभयो । बिहीबार राति स्थानीय रबिन निरौला र तीर्थबहादुर दाहालको घरमा हात्तीले क्षति पु¥याएको छ । दाहाल भन्नुहुन्छ, “राति खाना खाने समयमा आएका हात्तीले घर भत्काउन थाले, हामीले भागेर ज्यान बचायौँ ।”

    आज बिहान मोरङको बेलबारी–१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको निरीक्षण गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बस्तीमा आएका जङ्गली हात्तीलाई बस्तीभन्दा टाढा बासस्थानतर्फ चाँडै धपाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

    साथै हात्तीले पु¥याएको क्षतिको उचित क्षतिपूर्ति दिइने मुख्यमन्त्री कार्कीले बताउनुभयो । बेलबारी–८ र १० मा मात्रै बिसौँ बिगाहा जमिनमा लगाइएको मकै र केरा खेतीमा हात्तीले क्षति पु¥याएको बेलबारी–१० वडाध्यक्ष गङ्गाबहादुर याखाले बताउनुभयो । केही दिनदेखि दैनिक रुपमा राति हात्ती धपाउन सशस्त्र प्रहरी, जनपद प्रहरी र नगर प्रहरीका साथै स्थानीयले प्रयास गरिरहे पनि पार नलागेको वडाध्यक्ष याखा बताउनुहुन्छ ।

    मोरङको भाउन्ने क्षेत्रमा मकै र केरा खेती राम्रो उत्पादन हुने गरेको छ । यहाँका स्थानीय मकै र केरालाई नगदे बालीका रुपमा आफ्नो मुख्य आम्दानीको स्रोत मान्ने गरेको बेलबारी–१० भाउन्नेका अशोककुमार सुब्बा बताउनुहुन्छ । बेच्नलाई तयारी अवस्थामा रहेको एक कट्ठा जमिनको मकै गएराति आएका जङ्गली हात्तीले सखाप बानाएको सुब्बाले बताउनुभयो ।

    झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एकरएक गरी चारजनाको मृत्यु भइसकेको छ । यही मङ्सिर ५ गते हात्तीले आक्रमण गर्दा झापाको दमकको बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

    यस्तै मङ्सिर १३ गते राति सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी–२ का रबिन खड्काको मृत्यु भएको थियो । चारकोसे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई मारेको हो । प्रहरीका अनुसार इटहरीको वडा नं १९, २०, २ र ३ मा हरेक रात हात्तीको बथानले भौतिक क्षति पनि गर्दै आएको छ ।

    मङ्सिर १५ गते फेरि झापाको हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । जङ्गलबाट आएको एउटा हात्तीले वनलाई लछारपछार गरी कुल्चिएर मारेको हो । मङ्सिर १८ गते बिहान मात्रै मोरङको बेलबारीमा एकजनालाई हात्तीले मारेको छ । लेटाङ–३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१० भाउन्नेमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जङ्गली हात्ती हूलका हूल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०–२१ वटाको छ । दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् ।

    डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मङ्गलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालित छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.