आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई विराटनगर महानगरले राहत दिने
न्युजभित्तो/२२ मंसिर २०८०, शुक्रबार ११:४३
विराटनगर, २२ मंसिर । आगलागीमा परि मृत्यु भएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । विराटनगर–७ सातघुम्ती स्थित कवाडी पसलमा भएको आगलागीमा परि मृत्यु तथा घाइते भएकाको परिवारलाई महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट राहत उपलब्ध गराउन लागेको हो ।
ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ र घाइतेको उपचारका लागि जनही ५०–५० हजार राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले बताए ।