सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साढु दाइको मिलेमत्तोमा पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिने महिला पक्राउ


  •    न्युजभित्तो/१७ मंसिर २०८०, आईतवार १५:०५ 
  • काठमाडौं, १७ मंसिर । बलात्कारको झुटा जाहेरी दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा प्रहरीले ३१ वर्षीया महिलालाई प्रकाउ गरेको हो ।

    नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी उक्त महिला र नाम परिवर्तन रमेश विरुद्ध घटना झुटो भन्दै भन्दै विशाल (नाम परिवर्तन) ले जाहेरी दिएका थिए ।

    महिलाले साउन २ गते विशालले कोटेश्वरमा रहेको मितेरी गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । ती महिलासँग आफ्नो भेट नभएको र होटल पनि नगएको भन्दै दाबी गरेपछि प्रहरीले फरक ढंगले अनुसन्धान अगाडि बढाएको थियो ।

    सरकारी वकिलसँगको बयानमा महिलाले आफूले रमेशको योजनामा विशालविरुद्ध झुटा जाहेरी दिएको स्वीकार गरेकी छिन् । २र३ महिनाअघि रमेशले आफूलाई फोन गरेर विशालविरुद्ध जाहेरी दिने योजना सुनाएको र त्यसैअनुसार आफूले जाहेरी दिएको पनि उनले महिलाले बताएकी छिन् ।

    रमेशले मितेरी होटलमा साउन २ गते बलात्कार गरेको भनेर जाहेरी दिन भनेको र बाँकी सबै कुरा आफूले मिलाउने उल्लेख गरेको उनले दाबीगरेकी हुन् ।

    उनीविरुद्ध बलात्कारको झुटा उजुरी दिन लगाउने रमेश उनकै साडु दाइ हुन् । प्रहरीले फरार रहेका रमेशको खोजी गरिरहेको छ । सूचना स्रोतः नेपाल प्रेस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.