सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बिहे नहुँदै मृत्यु हुँदा आत्माले पिरोल्ने जनविश्वासले बुवाआमाले छोरीको लासको बिहे गरे


  •    न्युजभित्तो/१४ मंसिर २०८०, बिहीबार ११:२७ 
  • चिन, १४ मंसिर । आत्महत्या गरेकी १६ वर्षे छोरीको लासलाई बिक्री गरेको आरोप एक दम्पतिमाथि लागेको छ । मृतक किशोरीलाई सो दम्पतिले धर्मपुत्री बनाएका थिए ।

    छोरीको लासलाई उनकै बुवाआमाले भूत बेहुली अर्थात् घोस्ट ब्राइडको रुपमा बेचिदिएको दाबी गरिएको छ ।

    आफ्नै छोरीको लास बेचेको आरोप लागेका दम्पतीबाट पुलिसले करिब १३ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको छ । तथापि प्रहरीले उनीहरु माथि मुद्दा चलाउन भने अस्वीकार गरेको छ ।

    यो घटना चीनको शांगडोंग प्रान्तको हो । साउथ चाइना मर्निंग पोष्टका अनुसार एकजना पुरुषले आफू मृतक किशोरीको वास्तविक पिता रहेको दाबी गरेका छन् ।

    आफ्नी छोरी जियाओदानले भवनको नवौं तलाबाट हाम फालेर गतवर्ष डिसेम्बरमा आत्महत्या गरेकी उनले बताएका छन् ।

    आफ्नी छोरीलाई धर्मपुत्री बनाएका पुरुषले उनलाई दुस्ख दिएका कारण आत्महत्या गरेको जिकिर ती पुरुषको छ ।

    सन् २००६ मा आफु र आफ्नी पत्नीले आफ्नी छोरीलाई उक्त दम्पतीलाई धर्मसन्तानको रुपमा दिएको दाबी उनले गरेका छन् ।

    आफ्ना पहिले नै जुम्ल्याहा सन्तान भएको र लालनपालनका लागि पर्याप्त पैसा हुँदा उनीहरुले ती छोरी अर्को निसन्तान दम्पतिलाई दिएका थिए ।

    छोरीको मृत्युपछि उनका धर्मपिताले उनको शवलाई एउटा अर्को शवसँग बिहे गराइदिएको दाबी ती पुरुषको छ । यसका लागि उनले पैसा लिएका थिए ।

    स्मरण रहोस् चीनका विभिन्न ग्रामीण इलाकामा मृतक व्यक्तिका लासहरुबीच विवाह गराइदिने परम्परा तीन हजार वर्ष अघिदेखि चलिआएको छ ।

    बिहे नहुँदै कुनै व्यक्तिको मृत्यु भयो भने उसको आत्माले आफन्तहरुलाई पिरोल्ने जनविश्वासका आधारमा मृतक व्यक्तिको लासको बिहे गर्ने चलन रहेको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.