सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनकामना केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिँदै


  •    न्युजभित्तो/१० मंसिर २०८०, आईतवार १६:३९ 
  • चितवन, १० मंसिर । मनकामना केबलकार २६ वर्षमा प्रवेश गरेको अवसरमा केबलकार प्रविधिलाई स्तरोन्नति गरिने भएको छ ।

    २५ वर्षअघि सेवा सुरु गरेको मनकामना दर्शन प्रालिले केबलकारलाई डिजिटल प्रविधिमा स्तरोन्नति गरिने सञ्चालक राजेशबाबु श्रेष्ठले बताएका हुन् ।

    सञ्चालक श्रेष्ठका अनुसार कम्पनीको व्यावसायिक योजनाअनुसार यही वर्षभित्र एक अर्ब रुपैयाँ लागतमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिनेछ । हाल एनालग प्रविधिमार्फत सञ्चालन हुँदै आएको केबलकारको स्पेयर पार्ट्स पाउन कठिनाइ भएकाले डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको हो ।

    उनका अनुसार अष्ट्रियाको डिप्पेलमेयर कम्पनीको डी–कनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गरिनेछ । जसमा पहिलो चरणको काम सम्पन्न भइसकेको छ, बाँकी चरणको कामहरु आगामी भदौ, असोज महिनासम्म सम्पन्न गरिने श्रेष्ठले जानकारी दिए ।

    ‘अहिले पहिलो चरणको काम सम्पन्न भइसकेको छ । भदौ÷असोजसम्म सम्पन्न हुन्छ । यसको लागि समान मनाइसेकेका छौँ, केही सामान आइसकेको छ’, श्रेष्ठले भने, ‘अबको चरणमा कन्ट्रोल सिस्टम, कम्युनिकेसन केबलको साथै केबलकारको केबुल लठ्ठा फेरिनेछ ।’

    यस्तै, सन् २०२५ देखि सुरु हुने गरी मनकामना केबलकार हाताभित्र नै रिसोर्ट निमार्ण कार्य भइरहेको छ । ४० कोठाको रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा, सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुने श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार रिसोर्टको लागत ५५ करोड रुपैयाँ हुनेछ ।

    यो रिसोर्ट सञ्चालनमा आएसँगै मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको सञ्चालक श्रेष्ठले बताए । सुरुआती वर्षमा तीन÷चार लाख यात्रु सेवा सुरु गरेकोमा हाल वार्षिक ११ लाख यात्रु पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.